वंशावली लेखनमा ISBN र Copyright अधिकारका कुराहरू

हाल लिम्बू समुदायमा वंशाली लेख्ने, छपाउने र बाँड्ने काम एउटा प्राज्ञिक काम नभएर फेसन, प्रतिस्पर्धा र नयाँ कुल वा घरानाका रूपमा स्थापित गर्ने चलन बढेको देखिन्छ । कतिपय एउटै वंशले ३ पटक दोहोर्याइ तेहर्याइ वंशावली लेखिरहेका छन् भने केही वंशमा ३ वटासम्म फरक फरक उत्पत्ति, फरक माङगेन्ना मन्धुम, फरक मिङस्रा, फरक वंश र इतिहास लेखिरहेका छन् । एउटै दाजुभाइ वंशमा कसैले कासी वंश भनेर वंशावली लेखेका छन् भने उसैको एकै मिङस्राका अरू वंशहरूले ल्हासा(ताङसाङथा) वंश वा ताइश्यान वंश लेखेर हुनसम्मको अवगाल बेहोरिरहेका छन् । त्यस्तै धर्मका विषयमा किरात र यूमासाम्योको विवाद निकै रोचक देखिन्छ । किरात धर्मभित्र पनि एक लिङ्गे, दुइ लिङ्गे र तिन लिङ्गे देखिएका छन् । अझ यसमा पनि रातो र सेतोको कुरा त अर्कै छ । हुन त याक्थुङ लिम्बू समुदायले आफुलाइ प्रकृतिपूजक भन्छ- तर यो समुदायले बोन र झाक्रींवाद (Shamanism) लाइ साथ लिंदै बौध्द परम्पराहरूको प्रभाव समेत परेको संस्कृतिविदहरूको भनाइ रहेको पाइन्छ । जे होस- लिम्बू समुदाय(जातिको अर्थमा)ले हालसम्म १२५ भन्दा बढी वंशावली पुस्तकहरू प्रकाशन गरिसकेको अवस्थामा प्राज्ञिक ज्ञान र कानुनी ज्ञानहरूको अभावमा अवैज्ञानिक तरिकाले प्रकाशन हुने वा भएका वंशावलीहरू एउटा शोधकर्ताका लागि सन्दर्भ ग्रन्थ वा सामग्रीका लागि उपयुक्त नभइरहेका टिप्पणीहरू बारम्बार उठिरहेकाले यहाँ दुइवटा कुराहरू बारे जानकारी दिने प्रयत्न गरिएका छन्- ISBN र COPYRIGHT (प्रतिलिपि अधिकार) सम्बन्धी चर्चा । पुस्तक प्रकाशन र बौद्धिक सम्पत्तिको क्षेत्रमा प्रयोग हुने दुईवटा ISBN र COPYRIGHT (प्रतिलिपि अधिकार) फरक तर एकदमै महत्त्वपूर्ण कुराहरू हुन् । यी दुवैको काम र उद्देश्य फरक छन् यसका लागि यी दुवै तथ्यलाई सरल भाषामा तल व्याख्या गर्ने प्रयत्न गरिन्छ-  १. ISBN भनेको के हो ? ISBN को पूरा रूप International Standard Book Number (अन्तर्राष्ट्रिय मानक पुस्तक संख्या) हो।  क. यो के हो ? यो पुस्तकहरू पहिचान गर्नका लागि प्रयोग गरिने एक प्रकारको १३ अंकको अद्वितीय कोड (Unique Code) हो। प्रत्येक पुस्तक, वा एउटै पुस्तकको फरक संस्करण (जस्तै- पेपरब्याक, हार्डकभर, ई-बुक) को ISBN कोड फरक-फरक हुन्छ ।  ख. यसको काम के हो ? यसले पुस्तकको 'फिंगरप्रिन्ट' जस्तै काम गर्छ । पुस्तक ... ... ... ...

1835

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन राईलाई सम्मान गरीएको छ । चौथो “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३” को फाइनल खेलको समापनको अवसरमा हाम्रो धरान भेट्रान फुटबल क्लबले राईलाई नगद २१ हजार तथा सम् ...

शैक्षिक संस्था र सरकारी कार्यालय शनिबार र आइतबार बिदा

छाल खवर धरान,२२ चैत्रः सरकारले हप्तामा दुइदिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आइतवार वसेको मन्त्री परिषद वैठकले सो निर्णय गरेको हो । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा ...

पेट्रोलमा अहिलेसम्म कै उच्च मुल्यवृद्धि

छाल खवर काठमाडौं,२० चैत्रः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा अत्याधिक मात्रामा वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । निगमको सञ्चालक समितिले चै ...

जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न
जेठ ५, २०८३

छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम धरानमा सम्पन्न गरेको छ । प्रदेश अध्यक्ष गणेश राईको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईले दुई दिवसिय प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण दिएका थिए । ...

स्थापना दिवसमा कृषि औजार वितरण

छाल खवर धरान,२५ चैतः साना किसान कृषि सहकारी संस्था लि. धरानले आफ्नो स्थापना दिवसका अवसरमा कृषकहरुलाई ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic