नेवा च्यारीटी एजुकेशन फन्टद्धारा छात्रवृत्ति वितरण

  • माघ २५, २०८२
  • २,१०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ माघ ः धरान रन नेवाः च्यारीटी एजुकेशन फण्डले १३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

छात्रवृत्ति पाउने विद्यार्थीहरुमा किरातेश्वर मा.वि.का नेहाम कार्की,पञ्चायत मा.वि.की उषा राई,ल्यावोरेटरी मा.वि.का असिम राई,निकेतन मा.वि.का नमुना कठेत रहेकाछन् ।

dharan run news photo = 2 त्यसैगरी सदन मा.वि.का सोलिट राई,पञ्चकन्या मा.वि.का सर्मपण राई,किरातेश्वर मा.वि.की मनिता घलानी,निकेतन मा.वि.का तोहीद अन्सारी,सम्यक आधारभूत विद्यालयका सोया लामा,निहाङ्ग राई,किरातेश्वरका दिपाकुमारी चौधरी,शिक्षा ज्योति आ.वि.का सिमोन तामाङ्ग,ल्यावोटरीका विनिता भुजेल रहेकाछन् ।

नेवा च्यारीटी ट्रष्टले हरेक वर्ष आयोजना गर्दै आएको धरान रनबाट वचेको रकमबाट संचालन गरेको नेवा एजुकेशन फण्टले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको अध्यक्ष हेमन सुनुवारले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार छात्रवृत्ति वर्षमा दुइ पटक वितरण गरीने गरेको छ । विद्यार्थीहरुलाई पढाईमा प्रोत्साहन गर्नको लागि छात्रवृत्ति प्रदान गर्दै आएको अध्यक्ष सुनुवारको भनाई रहेको छ ।

धरान रनका अध्यक्ष हेमन सुनुवार, पत्रकार भोला श्रेष्ठ, सल्लाहकार विकि पोद्धारले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुभएको थियो ।

 

 

 

होली गार्डेन एकेडेमीले ५ जना विद्यार्थीलाई ३ वर

छाल खवर धरान,२० चैत्र ः होली गार्डेन एकेडेमी धरान–१ ले आफ्नो विद्यालय ...

पेट्रोलमा अहिलेसम्म कै उच्च मुल्यवृद्धि

छाल खवर काठमाडौं,२० चैत्रः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा अत् ...

चौथो गोर्खा ट्रेल दौडकाे उपाधी उमेश थापा र प्रिया

छाल खवरधरान,१४चैतः धरानमा आयोजित चौथो संस्करणको गोर्खा ट्रेल ब्लेजर दौड प्र ...

एक्वा सेकेण्डरी स्कुलमा अभिभावक वैठक सम्पन्न

छाल खवर धरान,१५ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले अभिभावक ...

मृगौलिया नेवाः पुचःकोअध्यक्षमा कर्णबहादुर

छाल खवर धरान,१० चैतः मृगौलिया नेवाःपुचःको प्रारम्भिक भेलाले कर्ण बहादुर प्र ...

हिविस्कस स्कुलमा कविता बाचन प्रतियोगिता सम्पन्न

छाल खवर धरान,१० चैतः हिबिस्कस ईङलिस बोडीङ स्कुल धरान–१५ दृ कविता बाचन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic