हिविस्कस वोडिङ स्कुलका विद्यार्थीवीच चुनावी प्रतिष्पर्धा

  • जेठ ९, २०८३
  • १७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार्थीहरु वीच चुनावी प्रतिष्पर्धा सम्पन्न भएको छ ।

स्कुलमा हाउस क्याप्टेन, सहायक क्याप्टेन तथा विद्यालय क्याप्टेन चयनका लागि चुनावी प्रतिष्पर्धा भएको हो ।

विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले निर्वाचन गरीएको स्कुलले जनाएको छ ।

HIBISCUS SCHOOL NEWS 9 विद्यालयमा रहेका विभिन्न हाउसअन्तर्गत विद्यार्थीहरूले लोकतान्त्रिक प्रक्रियामार्फत आफ्ना प्रतिनिधि चयन गरेका हुन्।

निर्वाचनबाट पहेलो हाउसको क्याप्टेनमा रिदिमा गुप्ता तथा उपक्याप्टेनमा नाम्सा माबो निर्वाचित भएका छन्। त्यसैगरी रातो हाउसको क्याप्टेनमा सेसेमा लिम्बु ‘बी’ र उपक्याप्टेनमा सोनिम शेर्पा चयन भएका छन्।

हरीयो हाउस क्याप्टेनमा अटल योगी तथा उपक्याप्टेनमा लेशन शेर्पा निर्वाचित हुँदा निलो हाउस क्याप्टेनमा मिशन राई र उपक्याप्टेनमा रेश्मा तामाङ चयन भएका छन्।
त्यसैगरी विद्यालयस्तरीय नेतृत्वतर्फ स्कुल क्याप्टेनमा प्रज्ञान राई तथा उपक्याप्टेनमा आयुष श्रेष्ठ निर्वाचित भएका छन्।

विद्यार्थीहरूलाई जिम्मेवार, अनुशासित तथा नेतृत्वदायी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको स्कुलका निर्देशक गंगाराम राईले बताए।
निर्वाचन कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने विजयी विद्यार्थीहरूलाई विद्यालय परिवारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

निर्वाचनमा विद्यार्थी, शिक्षक, कर्मचारीले मतदान गर्ने व्यवस्था रहेकाे छ ।

 

 

दोस्रो दिनको खेलमा विराट भेट्रान बिजयी

छाल खवर धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगित ...

उद्घाटन खेलमा धरान भेट्रान विजयी

छाल खवर धरान,९ जेष्ठः चौथो संस्करणको “हाम्रो धरान भेट्रान फुटबल प्रति ...

अन्तर स्कुल बास्केटबलको उपाधी सुनाखरीलाई

छाल खवर धरान,९ वैशाखः अन्तर विद्यालय एस.ई.ई. बास्केटबल टुर्नामेन्ट–२० ...

जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न

छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा ...

एसईईमा उर्तीण ४४ विद्यार्थीलाई सुनाखरी एकेडेमीद्धा

छाल खवर धरान,५ जेष्ठः सुनाखरी एकेडेमी धरानले एस.ई.ई–२०८२ मा उत्तीर्ण ...

एम्स एकेडेमीद्धारा २५ विधामा छात्रवृत्ति घोषणा

छाल खवर धरान,५ एम्स एकेडेमी धरानले कक्षा ११ मा विज्ञान संकायका लागि २५ भन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic