उद्घाटन खेलमा धरान भेट्रान विजयी

  • जेठ ९, २०८३
  • ३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ जेष्ठः चौथो संस्करणको “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता” को उद्घाटन खेलमा  धरान भेट्रान फुटबल क्लब विजयी भएको छ।

रोमाञ्चक प्रतिस्पर्धामा धरान भेट्रानले मिल्स भेट्रान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

धरान भेट्रान फुटबल क्लब र मिल्स भेट्रान फुटबल क्लबबीच भएको उद्घाटन खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।

खेलको पहिलो हाफमा धरान भेट्रान्सका जर्सी नम्बर १० का गणेश लिम्बू ले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो। त्यसपछि पहिलो हाफको अन्तिम समयमा मिल्स भेट्रान्सका जर्सी नम्बर ४ का डिल्ली बिष्ट ले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्‍याउनुभएको थियो।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि निर्धारित समयमा थप गोल हुन सकेन। खेलको अतिरिक्त समयमा धरान भेट्रान्सका जर्सी नम्बर ९ का जनक सुनुवार ले निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए ।

उत्कृष्ट प्रदर्शन गरेका धरान भेट्रान्सका गणेश लिम्बू खेलको “प्लेयर अफ द म्याच” घोषित भएका थिए । उनलाई उक्त पुरस्कार सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नवीन राईले प्रदान गरेका थिए ।

आयोजक समितिका सचिव उमेश जिमिले भोलिको खेलमा भरौल भेट्रान्स सुनसरी र विराट भेट्रान्स विराटचोक मोरङबीच हुने जानकारी दिए । प्रतियोगिताले धरानमा भेट्रान फुटबलप्रति उत्साह थपिएको सचिव जिमिको भनाई रहेको छ ।

दोस्रो दिनको खेलमा विराट भेट्रान बिजयी

छाल खवर धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगित ...

अन्तर स्कुल बास्केटबलको उपाधी सुनाखरीलाई

छाल खवर धरान,९ वैशाखः अन्तर विद्यालय एस.ई.ई. बास्केटबल टुर्नामेन्ट–२० ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीवीच चुनावी प्रतिष

छाल खवर धरान,९ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार् ...

जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न

छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा ...

एसईईमा उर्तीण ४४ विद्यार्थीलाई सुनाखरी एकेडेमीद्धा

छाल खवर धरान,५ जेष्ठः सुनाखरी एकेडेमी धरानले एस.ई.ई–२०८२ मा उत्तीर्ण ...

एम्स एकेडेमीद्धारा २५ विधामा छात्रवृत्ति घोषणा

छाल खवर धरान,५ एम्स एकेडेमी धरानले कक्षा ११ मा विज्ञान संकायका लागि २५ भन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic