आँगनमा वडा कार्यालयको सेवा शुरुभएपछि नडाहावासी दंग नव निर्मित वडा कार्यालय सञ्चालनमा

  • भदौ ८, २०७७
  • ३६,९७१ पटक पढिएको
  • भोला श्रेष्ठ
alt

भोला श्रेष्ठ

धरान,८ भदौ ः नडाहावासीहरु यतिवेला खुशीले गदगद मात्र भएका छैन आगनमै वनेको सरकारी कार्यालय हेरेर दंग छन् ।

आफूले गास काटेर दिएको सहयोगबाट निर्माण भएको सरकारी भवन औपचारीक रुपमा नै सञ्चालनमा आएपछि उनीहरु दंग परेका हुन ।

जनसहभागितामा निर्माण गरीएको बराहक्षेत्र नगरपालिका वडा नं. ३ को भवन आइतवारबाट सञ्चालनमा आएको छ ।
आइतवार एक अनौपचारीक रुपमा सो भवनबाट वडा कार्यालयको सेवा शुरु गरीएको छ

वडा कार्यालय भवन कहाँ वनाउने भन्ने विषयमा नगरप्रमुख र वडाध्यक्षको वीचमा विवाद भएपछि सो स्थानमा भवन निर्माणका लागि बजेट विनियोजनमामा रोक लगाइएको थियो ।

आफ्नो गाउमा सिंह दरवार ल्याउनका लागि वडाका जनता आफैले गास काटेर भएपनि सहयोग जुटाएर भवन बनाउन कम्मर कसेर लागेका थिए ।

सो स्थानमा वडा कार्यालय भवन निर्माण गर्नको लागि वडाध्यक्ष रुद्र दहालले शुरुदेखि नै अडान लिदै आएका थिए । उनको अडानका कारण स्थानिय समुदायको सहभागीताले साथ दिएको थियो ।

नया भवनबाट सेवा शुरु गर्दै वडाध्यक्ष दाहालले ३ नं. वडामा स्थानीय सरकार तर्फबाट धेरै काम गर्न बाकी रहेको बताएका थिए ।

हालसम्म स्थानीय सरकारबाट कुनै लगानी नभएपनि वडाले अवको वाकी कामका लागि भने नगरपालिकाबाट बजेट विनियोजन गराउने प्रतिबद्धता जनाएका थिए ।

वडाध्यक्ष दाहालले वडा कार्यालयमा भएको सबै बहस र विवाद सकिएको दावी गर्दै नया सोच,नया जोश र नया योजनाका साथ कार्यगर्दै जाने उल्लेख गरेकाछन् ।

दाहालले जनताले चाहे जस्तो सुकै काम पनि पत्ते गरेर देखाउने गतिलो जनसहभागीताको उदाहरणिय काम भएको दावी गर्दै सबैको सहयोगबाट भनेको नडाहा चौकको वडा कार्यालय भवन नगर सभाबाट समेत पास भएको जानकारी समेत दिए ।

२०७६ वैशाख २७ गते सिलान्यास गरिएको वडा कार्यालय भवन १०७ दिन भित्र जनताको आर्थिक सहयोगबाट बनेको हो । वडा कार्यालयको निर्माण कार्य सम्पन्न भएकाले नयाँ भवनबाट काम सुरु भएको वडा सचीव निलम कार्की बताए ।

स्थानीयस्तरबाट गठित निर्माण समितिका अध्यक्ष केशव पुरीले जनसहभागीताबाट संकलित २८ लाख रुपैयाको लागतमा अपाङ्ग मैत्रि तथा सुबिधा सम्पन्न भवन निर्माण गरीएको जानकारी दिए ।भवनमा ५ वटा कोठाहरु रहेकाछन् ।

जनसहभागितामा निर्माण भएको यो भवनले अन्य क्षेत्रमा पनि विकासका काममा जनताको सहभागीतालाई प्रोत्साहन गरेको छ ।

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic