छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशनबाट नरेन्द्रराज केरुङ अध्यक्षमा निर्वाचित वनेकाछन् । धरानमा जारी अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित बनेकाहुन । त्यसैगरी समितिको उपाध्यक्षद्वयमा तिर्थ साउदेर र दिलु सुब्बा चयन भएकाछन् । त्यस्तै मूख्य सचिव र सचिवद्धयमा दिलकुमार लाओति सचिवद्वय दिलु लिङ्देन र प्रेम तुम्बाहाङ निर्वाचित वनेकाछन् । त्यसैगरी कोषाध्यक्षमा महेश्वर हुक्पाचोङ्बाङ निर्वाचित वनेकाछन् । त्यस्तै सदस्यहरुमा नारायण आङ्लाबाङ खेवाहाङ,अरुणा सुक्वाबा,सकुन्तला आङ्देम्बे,दौलतमान लिम्बु, किशोर सम्बाहाम्फे,गोपिमाय
छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईं र सरकारका बीच २७ बुँदे सहमति भएको छ। प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी छलफलमा नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रसाईंले सिंहदरबारमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस्तो छ सहमिको पूर्णपाठ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालद्वारा प्रस्तुत गरिएका २७ बुँदे माग र सवालहरूका विषयमा नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधि मन्त्री मा। जगदीश खरेल र नागरिक बचाउ महाभियानका केन्द
छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष दौलथ कुलुङले कुलुङ समुदायलाई जातिको रुपमा सुचिकरण गर्न माग गरेकाछन् । संघको धरानमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पत्रकार सम्मेलनमा वोल्दै कुलुङले सो कुरा वताएका हुन । सोमबार धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुलको सभा कक्षमा पत्रकार सम्मेलनमा उनले सवै समुदायको भावनालाई सम्मान गर्दै आफ्नो अधिकारको लागि लडने वताए । सङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित रहेका अध्यक्ष कुलुङले मौलिक भाषा, संस्कृतिको संरक्षण नगरे देश सांस्कृतिक रूपमा विघटन तर्फ जान सक्ने बताउदै त्यसको संरक्षण अपरिहार्य रहेको
छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले महंगो होटलमा पार्टी गरेर मनाउछन् भने कसैले फरक तरीकाले मनाउछन् तर धरानका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व लक्ष्मी कान्त विहानी (एल.के) ले भने फरक तरीकाले आफ्नो जन्म दिन मनाएकाछन् । विहानीले आफ्नो जन्म दिन धरान १५ काठेपुल नजिक रहेको सिलाम साक्मा बालविकास केन्द्रका नानीहरुसँग मनाएकाछन् । विहानीले जन्म दिनमा अवसरमा वालविकास केन्द्रका नानीहरुका लागि खाद्यान्न काठको ४ वटा कुर्सि, पुस्तक राख्ने ¥याग १ थान, किचनका लागि १ थान टेवल, फिल्टर र खाद्यान्न गरी करिव ३० हजार वरावरको गरेकाछन् । आफूले विगत वर्षदेखि नै जन्म दि
छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवारलाई कम्वल वितरण गरेको छ । मञ्चले धरानमा विभिन्न मन्दिर आसपासमा रहेका विपन्नलाई कम्बल वितरण गरेको हो । जाडो शुरु हुन लागेकोले जाडोबाट बचाउन विभिन्न ठाउमा गरी १२२ वटा कम्बल वितरण गरीएको मञ्चका अध्यक्ष चन्द्र रतेरीया (अग्रवाल)ले जानकारी दिएकाछन् । आफूहरुको सानो प्रयासबाट कसैको ज्यान बचाउन र दुःखमा साथ दिन सकिन्छ भने साथ दिउ भन्ने उदेश्यले सहयोग गरेको चन्द्रको भनाई रहेको छ । कार्यक्रममा मारवाडी सेवा समती, मारवाडी महिला मञ्च र शनि मन्दिर समितिका पदाधिकारी र अन्यको उपस्थिति रहेको थियो । मारवाडी युवा मञ्चले विपन्न परिवारल
छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ । धरान खेलकुद मञ्चको आयोजनामा हुने महोत्सवका विषयमा शनिबार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराइएको हो । महोत्सव संयोजक कुवेरमान राईले कार्यक्रमको वारेमा जानकारी दिएका थिए । आयोजकले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार मंसिर २५ गते देखि पौष १० गतेसम्म हुनेछ । एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईले महोत्सव ८ दिनसम्म सञ्चालन हुने बताउँदै खेलकुदसँगै सङ्गीत, मनोरञ्जन, खेल–तमासा र खानेकुराका स्टल समेत रहने जानकारी दिएका थिए । राईले व्यवसायिक खेलकुद विकास, खेलाडीको सम्मान र खेलकुदमै नगरको पहिचान बनाउने उ
छाल खवर धरान,११मंसिर ःइलाका प्रहरी कार्यालय इटहरीमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गर्ने गिरोहलाई प्रहरीले पक्राउ परेको छ । जेनजी आन्दोलनको आवरणमा सुनसरी तोडफोड र आगजनी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी कार्यालयको भवन आगजनी गरेर ध्वस्त बनाएको आरोपमा ५ जनालाई पक्राउ गरीएको हो । भदौ २४ गते प्रहरीको भवन र सवारीसाधन आगजनी एवं तोडफोड गरेर ध्वस्त पारिएको थियो । घटनामा संलग्नमध्ये पहिचान भएका ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ घर भइ इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–४ का २४
धरान,७ मंसिरः फोकस क्लव धरान–१६ ले सल्लाहकार तथा धनकुटा सेवा समाज दक्षिण कोरीयाका अध्यक्ष समाजसेवी प्रदेश राईलाई विदाई गरेको छ । क्लवका सल्लाहकार र क्लवका सदस्य लक्ष्मी याक्खालाई एक कार्यक्रमका विच विदाई गरेको हो । समाजसेवी राईले क्लवलाई विगत वर्षदेखि नै सहयोग गर्दै आउनु भएको छ । नेपाल आउनु भएको अवसरमा क्लवले सल्लाहकार राई र सदस्य याक्खालाई क्लवमा योगदान गरे वापत सम्मान समेत गरेको थियो । दक्षिण कोरीयामा रहेर सफल व्यवसायसँगै फुटबल खेललाई समेत अगाडी वढाउदै समाजसेवा समेत सकृय रहदै आउनु भएका राईलाई नेपालमा पनि फुटबल खेलप्रति थप प्रोत्साहन गर्न प्रेरणा मिलोस भन्ने उदेश्यले सम्मान गरीएको
छाल खवर धरान,६मंसिरः खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस तथा मैत्रीपूर्ण बनभोज कार्यक्रम शनिबार धरान–६ पानवारीस्थित मयुर होटलमा सम्पन्न भयो। प्रतिष्ठानका अध्यक्ष बिरेस थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व प्रधान मन्त्री डा. केशर बहादुर बिष्ट प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि डा. बिष्टले खस समुदायको इतिहास, धर्म र संस्कृतिबारे विस्तृत रूपमा आफ्नो धारणा प्रस्तुत गर्दै राष्ट्रिय गानका केही पंक्तिहरूले वास्तविकता प्रतिविम्बित गर्न नसक्ने तर्क गरे। “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” सही भए पनि “सार्वभौम भई फैलिएका मेची–महाकाली” भन्ने प
छाल खवर धरान,२९ कार्तिकः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले प्रत्येक शुक्रवार पुस्तव रहित कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । शुक्रवार विद्यार्थीलाई कितावि ज्ञानका अतिरिक्त विद्या दिने उदेश्यले संचालन गर्दै आएको सो कार्यक्रम गत शुक्रवार पनि निरन्तरता दिएको छ । स्कुलका बिद्यार्थीहरुले शुक्रवार धरान–४ स्थित ढुङ्गेपार्कको अवलोकन गरेका थिए । विद्यार्थीहरुले पार्कमा कुदेर राखेको ढुङ्गामा कुदिएका गौतम बुद्ध,डा.सन्दुक रुईत, पारस खड्का, फुटबल खेलाडी प्रिति राई, कुलमान घिसिङ जस्ता व्यक्तित्वहरुको अवलोकन गरेका थिए । विद्यार्थीहरुलाई वडा नं.४ का वडाध्यक्ष धनबहादुर राईले पार्कको विश
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic