समाज

    Showing १-१० of ४३४ items.
  • क्यानाडामा साकेला सिली

    छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाहरण क्यानाडामा वस्ने प्रवासी नेपालीहरुले प्रस्तुत गरेकाछन् । क्यानाडामा वस्ने किरात राई समुदायले क्यानाडाको ब्रिटिस कोलम्बिया राज्यमा साकेला सिली प्रदर्शन गरेर आफ्नो मौलिक संस्कृतिको जर्गेना गरेका हुन उभौली चाडको अवसरमा मे २३ शनिबारका दिन कार्यक्रम आयोजना गरिएको थियो । साकेला सिली सो क्षेत्रमा पहिलो कार्यक्रम बनेको छ । ब्रिटिस कोलम्बिया राज्यको सरि स्थित बियर क्रिक पार्कमा आयोजना गरिएको कार्यक्रममा किराती तथा गैर किराती समुदायको बाक्लो उपस्थिति थियो । कार्यक्रममा कोलम्बिया विश्वविद्यालयमा पीएचडी गर्दै गरेकी अनुदि

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • १ पटक पढिएको
    • छाल खबर
  • किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

    छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला पार्क क्षेत्रमा किरात राईहरुको पहिचानको प्रतिको रुपमा रहेको ढोल, झ्याम्टा, वावु, सोलतुमरसोलेवा स्तम्भ र तीन चुला खिम साकेला थान उद्घाटन भएको छ । किरात राईहरुको पहिचानको प्रतिक स्तम्भ निर्माण समितिको आयोजनामा निर्माण भएको सामाग्रीहरुको शुक्रवार एक कार्यक्रमका वीच उद्घाटन भएको हो । किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले निर्माण भएको सवै सामाग्रीको उद्घाटन गरेका थिए ।कार्यक्रममा वडा नं.४ का वडाध्यक्ष राजन राई,मूर्तिकार रोजन राई, दाताको तर्फबाट नगेद्र राई लगायतले शुभकामना दिएका थिए ।करिव ८ लाखको लागतमा निर्म

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • ९५ पटक पढिएको
    • छाल खबर
  • संयुक्त गृल व्यवसायी संघमा उदय

    छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा उदयकुमार राई निर्वाचित भएकाछन् । शनिवार भएको अधिवशेनबाट अध्यक्षमा उदय कुमार राई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन । समितिको प्रथम उपाध्यक्षमा कमल शंकर र द्वितिय उपाध्यक्षमा सुन्दर श्रेष्ठ निर्वाचित भएकाछन् । सचिवमा प्रेम कुमार राई छन् भने सह सचिवमा मदन कुमार प्रधान निर्वाचित वनेकाछन् । कोषाध्यक्षमा तुलाराम श्रेष्ठ चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा पार्वती राई, विष्णु कुमार कार्की, हरि चौधरी, मनोज पराजुली, सुरज राई, प्रदिप वि.क. र विवश विश्वकर्मा रहेका छन् । निर्वाचित अध्यक्ष राईले गृल व्यवसायीहरूको हकहित

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १३० पटक पढिएको
    • छाल खबर
  • धरानका पत्रकार कार्की हङकङमा सम्मानित

    छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मानित भएका छन्। गोरखा सेमिट्रिज ट्रष्ट हङकङको निमन्त्रणामा पुर्खा दिवस कार्यक्रममा सहभागी हुन पुगेका कार्कीलाई यहाँका दुई सक्रिय संस्थाले विशेष सम्मान गरेका हुन्। द नेप्लिज एशोसएिशन हङकङ’ र नेपाल क्लब हङकङले एभरेष्ट होटलमा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरी दोसल्ला ओढाएर सम्मान गरएिको हो। पत्रकारतिामार्फत समाज सेवामा पुर्‍याएको निरन्तर योगदानको कदर गर्दै सम्मान प्रदान गरएिको आयोजकले जनाएका छन्। कार्यक्रममा द नेप्लिज एशोसिएशन हङकङका अध्यक्ष प्रदीप थापा, हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ, पूर्व अध्

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १३५ पटक पढिएको
    • छाल खबर
  • मृगौलिया नेवाः पुचःकोअध्यक्षमा कर्णबहादुर

    छाल खवर धरान,१० चैतः मृगौलिया नेवाःपुचःको प्रारम्भिक भेलाले कर्ण बहादुर प्रधानको अध्यक्षतामा सर्वसम्मत रुपमा समिति चयन गरेको छ । मंगलवार भएको आम भेलाले प्रधानको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । नव गठित समितिको उपाध्यक्ष,सचिव, र कोषाध्यक्षमा क्रमस पार्वता प्रधान, निरबहादुर प्रधान,गीता प्रधान र सहसचिव देवबहादुर प्रधान चयन भएकाछन् । सदस्यहरुमा गणेश प्रधान,खण्डमान श्रेष्ठ,कमला प्रधान,सरिना प्रधान,रामबहादुर प्रधान,गोमा प्रधान रहेकाछन् । सल्लाहकारहरुमा प्रमुख सल्लाहकारमा भोला श्रेष्ठ, रण बहादुर प्रधान,जित बहादुर प्रधान,नोमा प्रधान,सुस्मिता प्रधान,सम्मेर श्रेष्ठ चयन भएकाछन् । संस्थाक

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १८२ पटक पढिएको
    • छाल खबर
  • रोटरी क्लब धरान घोपाकाे आयोजनामा वृहत स्वाथ्य शिवीर सम्पन्न

    छाल खवर  धरान,८ चैत ः राेटरी क्लव अफ धरान घोपा, रोट्रयाक्ट क्लब अफ धरान घोपा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा नरसिंह गाउँपालकािमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  वडा नं ७ काे काली मन्दीरकाे प्राङ्गणमा भएको शिविरमा त्यस क्षेत्रका ५५० जना स्थानीय लाभान्वित भएको आयोजकले जनाएको छ । शिविरमा ग्यास्ट्रोएन्टेरोलोजी तथा हेपाटोलोजी,स्वास्थ्य शिक्षा, सामान्य चिकित्सा तथा आपतकालीन, निःशुल्क परामर्श चिकित्सा,मधुमेह विशेषज्ञ, हड्डी तथा जोर्नी रोग विभाग, चर्मरोग विभाग , प्रसूती तथा स्त्रीरोग विभाग , नाक, कान तथा घाँटी रोग विभाग , सार्वजनकि स्वास्थ्य

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १,९२५ पटक पढिएको
    • छाल खबर
  • महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी फन्दामा

    छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्ता कुरा गर्दै चर्चामा आउने रवि रत्न चुडाललाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत धरानकी एक महिला पत्रकारमाथि अश्लील गालीगलौज गर्दै चरित्रहत्या गरेको आरोपमा चुडाल पक्राउ परेको हुन । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा झापा, कोहबरा गाविस–१ घर भएका ४५ वर्षीय रबि रत्न चुडाललाई प्रहरीले पक्राउ गरी धरान ल्याएको छ । उनीमाथि सुनसरीको धरान निवासी एक महिला पत्रकारको चरित्रहत्या गरेको आरोप लागेको छ। पीडित पत्रकारले दिएको जाहेरीअनुसार उनी आफ्नै घरमा बसेर पत्रकारिताको काम गरिरहेका बेला २०८२ माघ ११ गत

    • प्रकाशित मितिः चैत ३, २०८२
    • ३३० पटक पढिएको
    • छाल खबर
  • जिरो प्वाइन्ट सरोकार समाजद्धारा रक्तदान सम्पन्न

    छाल खवर धरान,३० फागुनः जिरो प्वाइन्ट सरोकार समाज धरान–१३ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुदै आएको सो कार्यक्रम यस वर्ष चुनावका कारण पछि सरेको हो । कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष कृष्ण राउतले जानकारी दिएकाछन् । रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको कार्यक्रम संयोजक सरोज श्रेष्ठले वताए । समाजले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै समाज सेवामा योगदान गर्दै आएको छ ।

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • २,८७७ पटक पढिएको
    • छाल खबर
  • बालिका इनिशा वि.क.को बलात्कारपछि हत्याको विरोधमा धरानमा खवरदारी

    छाल खवर धरान,२९ फागुन ः सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरेको घटनाको विरोधमा शुक्रवार धरानमा खबरदारी ¥याली सम्पन्न भएको छ । बाल सञ्जालको आयोजनामा धरानका नागरिक समाज लगायत विभिन्न संघ संस्थाको उपस्थितिमा हिंसा र अपराधमुक्त समाजको माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले दोषीलाई कडा भन्दा कडा कारबाही र पीडितलाई न्यायको माग गरेका छन् । सहभागीहरूले खबरदारी ¥यालीमा निर्दोष बालिकालाई न्याय दिन र अपराधीलाई कडा कानुनी दायरामा ल्याउन जोड माग गरेकाछन् । पीडित बालिका र उनका परिवारलाई न्याय दिलाउन राज्यसँग माग गरेकाछन् । दोषीलाई कडा कारबाहीः बलात्कार र हत्या जस्ता जघन्य अपर

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २८२ पटक पढिएको
    • छाल खबर
  • एमाले अध्यक्ष ओलीलाई पितृ शोक

    छाल खवर धरान,२९ फागुन ः पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको उपचारको क्रममा निधन भएको हो। ९७ वर्षीय ओलीको गठ्ठाघरस्थित अस्पतालमा उपचारको क्रममानिधन भएको पारिवारीक स्रोतले जनाएको छ । ओलीको पार्थिव शरीरलाई गुण्डुस्थित निवासमा लगिने र पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ३०९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic