कामना सेवा विकास बैंकको लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

  • मंसिर २१, २०७७
  • २८,०७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० मंसिर ः
रिंकीबुङको राँगोलाई ।।
चुङकेबुङको चुलेसीले ।।
ताप्लेजुङमा ताकेर ।।
कालेबुङमा काटेर ।।
अरुण तमोर तरौला ।।
तिते फापर छरौला ।।
फुल लाउँला केसरी ।।
खाउँला बेसरी ।।

कुनै समय निकै स्रोता माझ लोकप्रिय बनेको सिके श्रेष्ठले रचना गरेको गीतका गायक हुन सुरेश गन्धर्बलाई उपचारका लागि कामना सेवा विकास बैंकले ५० हजार सहयोग गरेको छ ।

129055721_1345500525795629_8727807639869670990_n उनी पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूबाट ग्रसित वनेकाछन् ।

उनलाई कामना सेवा विकास बैंकको प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर चेक हस्तान्तरण गर्नुभएको थियो ।

चेक हस्तान्तरणसंगै छाराहाङले आफूले गर्व गर्न लायक गायक गन्धर्व भएपनि प्रदेश १ मा नै रहेको बारेमा आफूलाई जानकारी नभएको वताउदै प्रत्यक्ष भेटन पाउदा खुशी लागेको वताउनु भयो ।

 चेक हस्तान्तरण पश्चात उहाले गायक गन्धर्बको स्वास्थ्य लााभको कामना समेत गर्नुभयो ।

गन्धबको २०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिङकेवुङके राँगोलाई बोलको गीत रेकड भएको थियो ।

लोक गायक गन्धर्बले शरीरमा तागत हुँदा सम्म आफ्नो मौलिक संस्कृतिलाई जोगाउन कम्मर कसेर लागीरहने वताउनु भयो ।

129815336_739033090300559_225533480860198695_n

स्वास्थ्यमा सुधार हुदै गएको खण्डमा आफू अझैपनि गीत गाएर र सारंगी बजाएर स्रोताको मन जित्ने जोश जागर आफूमा अझै रहेको वताउनु भयो ।

६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका गन्धर्ब सानै उमेर देखि नै सारङ्गी बजाउदै गाउदै धेरै स्रोताको मन जित्न सफल भएका थिए ।

लामो समय देखि कर्मथलो धरानलाई बनाएका सुरेश गन्धर्व यति बेला धरान–८ बरगाछीमा कोठा भाँडामा बस्छन् ।

एकहप्ताको बसाईपछि उनी स्वास्थ्यमा सुधार भएपछि ३ दिन अघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाबाट डिस्चार्ज भएर डेरामा आएकाछन् ।उनको स्वास्थ्यमा सुधार आएको छ ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic