छाल खवर
धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक कार्यक्रम तथा अन्तिम परीक्षा–२०८२ को नतिजा वितरण कार्यक्रम सम्पन्न भएको छ।
स्कुलको आफ्नै प्राङगणमा भएको सो कार्यक्रममा विभिन्न सांस्कृतिक, शैक्षिक तथा मनोरञ्जनात्मक प्रस्तुतीका साथ सम्पन्न भएको हो ।
स्वागत नृत्य, शिक्षक तथा विद्यार्थीहरूको नृत्य, अभिभावकहरूको प्रतिभा प्रदर्शन, म्युजिकल चेयर, कराते र नाटकले कार्यक्रमलाई आकर्षक बनाएको थियो।
कार्यक्रममा कक्षा प्ले ग्रुप देखि कक्षा ९ सम्मका विद्यार्थीहरूको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा विशेष छात्रवृत्ति प्रदान गरिएको थियो।
विद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार कक्षा–१ मा ग्रासिया बस्नेत प्रथम, चेतन अधिकारी द्वितीय र काव्यांश कार्की तृतीय भएका छन्। कक्षा–२ मा सेगेरा लिम्बू प्रथम, आरिया शाक्य द्वितीय र विहाङ राई तृतीय भएका छन् भने कक्षा–३ मा प्रग्यिका सापकोटा प्रथम, प्रदीप्त घिमिरे द्वितीय र मिन्सु मगर तृतीय भएका छन्।
त्यसैगरी कक्षा–४ मा शाया सुब्बा प्रथम, काब्या कार्की द्वितीय र कृषा ढकाल तृतीय, कक्षा–५ मा लक्ष्मी कार्की प्रथम, सेमिहाङ लिम्बू द्वितीय र सेजल ताम्राकार तृतीय भएका छन्। कक्षा–६ मा आदित्य खड्का प्रथम, सफल बनियाँ द्वितीय र त्रिशाला श्रेष्ठ तृतीय भएका छन्।
कक्षा–७ मा आर्यन यादव प्रथम, सम्बृद्धि मिश्र द्वितीय र शीतल राई तृतीय भएका छन्। कक्षा–८ मा तुम्साफुङ जिमे प्रथम, अनुश्का ढुंगाना द्वितीय र आकृति गुप्ता तृतीय भएका छन् भने कक्षा–९ मा रायन राई प्रथम, आकाश यादव द्वितीय र नुमिङ वारुम्हाङ लिम्बू तृतीय स्थानमा रहेका छन्।
कार्यक्रममा स्टुडेन्ट अफ द इयर’ पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमका प्रमख अतिथि इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपि भिषण वावु राईले बालवालिकाहरुलाई कता लाने भन्ने कुराको जिम्मेवारी रहेको वताउदै अभिभावकले सही वाटोमा डो¥याउन नसक्दा कुलसमा फस्ने गरेको उल्लेख गरेका थिए । छोरा छोरीलाई कुलतमा फस्न नदिन अभिभावक नै सचेत हुनु पर्नेमा राईको जोड थियो ।
विशेष अतिििथ प्याव्सन धरानका अध्यक्ष दिपक घिमिरेले छोरा छोरीको उज्वल भविष्यका लागि अभिभावकको पहिलो दायित्व भएको वताए ।
स्कुलका निर्देशक विकास सोनीले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रष्फृुटन गर्नको लागि महत्वपूर्ण अवसर हुने वताए ।
स्कुलले कक्षा प्ले ग्रुप देखि कक्षा १० सम्म प्रथम द्धितीय र तृतीय हुने ३३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको निर्देशक सोनीले जानकारी दिएकाछन् ।
कार्यक्रमको सभापतित्व स्कुलकी प्रिन्सिपल रिता प्रधानले गरेकी थिईन ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic