सुनसरीवासीसंग सामिप्यता बढेको छ प्रमुख जिल्ला अधिकारी— पौडेल

  • असार २४, २०७७
  • २,०६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४,असार ः धरानमा कुनैपनि सरकारी कार्यालयका प्रमुख सरुवा भएर आउदा स्वागत र सरुवा भएर जादा विदाई गर्ने परम्पराले निरन्तरता पाउदै आएको छ ।इलाका प्रहरी कार्यालयमा प्रमुख सरुवा भएर आउदा होस सरुवा लिएर जादा होसा विदाई गर्ने गरीएको थियो ।
सुनसरी उद्योग वाणिज्य संघले बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई विदाई गरेको छ ।
विदाई कार्यक्रममा संघका अध्यक्ष गिरिधारी सापकोटाले प्रमुख जिल्ला अधिकारी पौडेलको कामको मुक्तकण्ठले तारीफ गनुभएको थियो ।उहाले पौडेलले सुनसरीका उद्योगी व्यवसायीहरुका लागि गरेको साथ र सहयोग कहिल्यै नबिर्सने वताउनु भएको थियो ।
सापकोटाले पौडेलको तारिफ गरेपछि पनि त्याहा रहेका व्यापारी प्रतिनिधिले भने पौडेलको काम गराई सन्तोष जनक नभएको टिप्पणी गरेका थिए । उद्योगी व्यापारीको पक्षमा काम गर्न नसकेको गुनासो समेत गरेका थिए ।
विदाई हुन लाग्नु भएका प्रजिअ पौडेले आफ्नो विदाइ मन्तव्यमा सुनसरीवासीहरुसंग हात मिलाएर बिदा हुन नपाएपनि कामको कारणले आत्मीय सामिप्यता बढेको उल्लेख गर्नुभएको थियो ।
सुशासन र सदाचारका कार्यहरुलाई आफूले व्यवहारमा ल्याएको र त्यसको मूल्याकंन नागरिक समाज र राजनीतिक दलले गर्ने समेत वताउनु भएको थियो ।
सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गौरी शंकर अग्रवालले सुनसरीमा रहदा गरेको कामको तारीफ गर्दै अन्य ठाउमा पनि सेवाग्राहीको मन जित्नेगरी काम गर्न सुझाव दिनु भएको थियो ।
संघका महासविच राजेश अग्रवालले प्रभावकारी रुपमा काम गरी सुनसरीवासीको मन जित्न सफल भएको भन्दै प्रशंशा गर्नुभएको थियो ।
सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष अशोक ताम्राकार,पवन अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
धरानमा कार्यालय प्रमुख आउदा स्वागत र सरुवा भएर जादा विदाई गर्ने चलन रहेको छ । यसलाई कतिपयले भने चाकडीको रुपमा लिने गरेकाकाछन् । भने कसैले संस्कारका रुपमा लिएकाछन् ।
यस्तो चलन धरान बाहेक कहीपनि आफ्नो कार्यालय वाहेक अन्य संस्थाले स्वागत वा विदाई गर्ने गरेकाछैनन् ।

हिविस्कस वोडिङ स्कुलद्धारा साकेला नाच वारेमा जानका

छाल खवर धरान,२७ वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले विद्यार ...

खाली पेटमा खान नहुने ६ खानेकुरा, के हुन्छ असर 

डा. अमृत भण्डारी आयुर्वेदिक चिकित्सक स्वस्थवर्द्धक खानेकुरा पनि उचित मात् ...

बाथरुममा लडेर प्रचण्ड घाइते

छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प ...

निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

छाल खवर धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरे ...

सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड

छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३ ...

बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष

छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic