सुनसरीवासीसंग सामिप्यता बढेको छ प्रमुख जिल्ला अधिकारी— पौडेल

  • असार २४, २०७७
  • २,१३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४,असार ः धरानमा कुनैपनि सरकारी कार्यालयका प्रमुख सरुवा भएर आउदा स्वागत र सरुवा भएर जादा विदाई गर्ने परम्पराले निरन्तरता पाउदै आएको छ ।इलाका प्रहरी कार्यालयमा प्रमुख सरुवा भएर आउदा होस सरुवा लिएर जादा होसा विदाई गर्ने गरीएको थियो ।
सुनसरी उद्योग वाणिज्य संघले बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई विदाई गरेको छ ।
विदाई कार्यक्रममा संघका अध्यक्ष गिरिधारी सापकोटाले प्रमुख जिल्ला अधिकारी पौडेलको कामको मुक्तकण्ठले तारीफ गनुभएको थियो ।उहाले पौडेलले सुनसरीका उद्योगी व्यवसायीहरुका लागि गरेको साथ र सहयोग कहिल्यै नबिर्सने वताउनु भएको थियो ।
सापकोटाले पौडेलको तारिफ गरेपछि पनि त्याहा रहेका व्यापारी प्रतिनिधिले भने पौडेलको काम गराई सन्तोष जनक नभएको टिप्पणी गरेका थिए । उद्योगी व्यापारीको पक्षमा काम गर्न नसकेको गुनासो समेत गरेका थिए ।
विदाई हुन लाग्नु भएका प्रजिअ पौडेले आफ्नो विदाइ मन्तव्यमा सुनसरीवासीहरुसंग हात मिलाएर बिदा हुन नपाएपनि कामको कारणले आत्मीय सामिप्यता बढेको उल्लेख गर्नुभएको थियो ।
सुशासन र सदाचारका कार्यहरुलाई आफूले व्यवहारमा ल्याएको र त्यसको मूल्याकंन नागरिक समाज र राजनीतिक दलले गर्ने समेत वताउनु भएको थियो ।
सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गौरी शंकर अग्रवालले सुनसरीमा रहदा गरेको कामको तारीफ गर्दै अन्य ठाउमा पनि सेवाग्राहीको मन जित्नेगरी काम गर्न सुझाव दिनु भएको थियो ।
संघका महासविच राजेश अग्रवालले प्रभावकारी रुपमा काम गरी सुनसरीवासीको मन जित्न सफल भएको भन्दै प्रशंशा गर्नुभएको थियो ।
सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष अशोक ताम्राकार,पवन अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
धरानमा कार्यालय प्रमुख आउदा स्वागत र सरुवा भएर जादा विदाई गर्ने चलन रहेको छ । यसलाई कतिपयले भने चाकडीको रुपमा लिने गरेकाकाछन् । भने कसैले संस्कारका रुपमा लिएकाछन् ।
यस्तो चलन धरान बाहेक कहीपनि आफ्नो कार्यालय वाहेक अन्य संस्थाले स्वागत वा विदाई गर्ने गरेकाछैनन् ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic