सभाभुखद्वारा बकर ईदको शुभकामना

  • साउन १७, २०७७
  • १,३८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ साउन ः प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद–उल–(बकर ईद) को अवसरमा शुभकामना दिनुभएको छ ।

सभामुख भण्डारीले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली मुस्लिम समुदायहरुमा सुख शान्ति सुस्वास्थ्य दिर्धायु एवंम् प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

‘इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिन, इस्लामिक पात्रोको १२ औं तथा अन्तिम महिना ‘जुल हिज्जाह’ को १० औँ दिनमा मनाइने बलिदानी पर्वको रुपमा लिइने यस पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावनालाई अझ मजबुत बनाउदै लाने विश्वास व्यक्त गर्नुभएको छ मौलिक संस्कृति र परम्पराहरुको संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विशवास समेत उहाले लिनुभएको जारी शुभकामना सन्देशमा उल्लेख गरीएको छ ।

शुभकामना सन्देशमा सभामुख भण्डारीले एक अर्काको धर्म, सँस्कृति, परम्परालाई सम्मान गर्ने हामी नेपालीको विशेष पहिचानलाई दिगो बनाउदै यो पर्वले नेपालीहरु बिचमा एकता तथा आपसी सदभावको भावनालाइ थप अभिवृद्धि गर्दै मुलुकको आर्थिक विकास र समृद्धिको साझा राष्ट्रिय लक्ष्य प्राप्तिको मार्गमा दृढताका साथ अगाडी बढ्ने प्रेरणा प्रदान गर्ने सभाभुख भण्डारीले उल्लेख गर्नुभएको छ ।

भण्डारीले यस्ता खाले चाडपर्वले समुदायमा एकआपसमा भाइचाराको सम्वन्धको विकास गर्दै जाने विश्वास समेत लिनुभएको छ ।

जेनजीको प्रदर्शन स् मृतकको सङ्ख्या १५ पुग्यो

छाल खवर काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तय ...

नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कान

छाल खवर धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले ...

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic