भदौ १० गतेसम्म लकडाउन लम्वियो भोलीबाट बिहान ८ बजेसम्म दुध, खाद्यान्न र तरकारी पसल खोल्न दिइने भानुचोक र चिनिया चोकको सव्जिमण्डी भने वन्द रहने

  • भदौ २, २०७७
  • ३,७३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ भाद्र ः धरानमा तेस्रो चरणको लकडाउनको समय घोषणा भएको छ ।

नगरकार्य पालिकाको मंगलवार वसेको वैठकले भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दिनप्रतिदिन वढदै गएको र संक्रमणको जोखिम कम नभएकोले लकडाउनको समय एक सातालाई थप गरेको ९ नं वडाका वडाध्यक्ष रत्न कट्वालले वताउनु भयो ।

कट्वालका अनुसार बुधवार देखि विहान ८ बजेसम्म तरकारी, दुध र खाद्यान्न बिक्री गर्न दिने निर्णय भएको छ ।
समुदायबाट ‘व्यापाक जनगुनासो आएकोले तरकारी, दुध र खाद्यान्न पसल बिहान ८ बजेसम्म स्वास्थ्य संगठनको मापदण्ड अपनाएर खोल्न दिने निर्णय भएको जानकारी दिनुभयो ।

यस अघि जो सुकैले पनि लकडाउनको समयमा तरकारी पसल सञ्चालन गरेकोमा यसपटकको वैठकले भने त्यसलाई रोक्दै नगरपालिकामा दर्ता भएका व्यापारीहरुले कृषि बजारबाट तरकारी खरीद गरेर वडा तथा टोलमा बिक्री गर्न पाउने निर्णय भएको छ ।

दोस्रो चरणमा धरान भन्दा वाहिरबाट दुध तरकारी ल्याउन नपाउने निर्णयलाई परिवर्तन गर्दै बिहान ८ बजेभित्रसम्ममा ल्याउन दिने वैठकले निर्णय गरेको छ ।

भीडभाड हुने भएकोले भानुचोकको सब्जी बजार र धरान ३ को पालिका तरकारी बजार भने वन्द गर्ने निर्णय भएको कट्वालले जानकारी दिनभयो ।

वैठकले विदेशबाट आउनेहरुले अनिवार्य रुपमा स्वास्थ्य परिक्षण पिसिआर अनिवार्य गरेको हुनुपर्ने थप निर्णय गरेको छ ।

धरानमा पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा हुन थालेको छ । एकै परिवारका ४ जनासम्म संक्रमित भएकाछन् ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic