सोलुखुम्बुमा आफ्नै सहोदर दाजु बहिनीले विहे गर्न लागेपछि प्रहरी फन्दामा

  • भदौ १८, २०७७
  • २,६८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
सोलुखुम्वु, १८ भदौ ः सोलुखुम्वुमा एउटा पत्याउनै नसकिने र कल्पना नै गर्न नसकिने घटना सार्वजनिक भएको छ ।
समाजले परिकल्पना समेत गर्न नसकिने एउटा घटना यथार्थमा बुधबार परिणत भएको छ ।

प्राप्त जानकारी अनुसार महाकुलुङ गाउँपालिकामा २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले विवाह गर्न लागेपछि आमाको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आमाले प्रहरीमा आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै उजुरी दिएपछि उनीहरुलाइ पक्राउ गरीएको प्रहरीले सोलु प्रहरीले जनाएको छ ।

उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क समेत गरेको प्रहरी सामु बताएको प्रहरीले उल्लेख गरेको छ ।

सोलु प्रहरीले दिएको जानकारी अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको स्वीकार गरेका छन् । उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क समेत गरेको प्रहरी सामु स्विकार गरेकाछन्। अहिले दुवै जनालाई पक्राउ गरि मुद्दा चलाउने प्रहरीको तयारी छ।

उनीहरुको अनैतिक क्रियाकलापका विषयमा यसअघि पनि स्थानीय समाज बसेर चेतावनि समेत दिएर छोडेका थिए । उनीहरुले सोही गतिविधि दोहो¥याएको र विवाहमा नै परिणत गर्न लागेपछि आमाले वाध्य भएर उजुरी दिई पक्राउ गराएकि थिइन ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic