संघ,प्रदेश र स्थानीय तहको समन्वय आवस्यक छ– सभामुख भण्डारी

  • भदौ २५, २०७७
  • ४,२९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ भदौ ःप्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले संघ, प्रदेश तथा स्थानीय तह बिचको सम्बन्ध समन्वय, सहकारीता र सअस्तित्वमा आधारीत रहेको वताउनु भएकोा छ ।

फोरम अफ फेडेरेशनद्धारा आयोजित “अन्तर सरकारी सम्बन्ध तथा विकास योजनामा समन्वय” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुदै माननीय सभामुख भण्डारीले सो कुरा वताउनु भएको हो ।

उहाँले अभ्यासका क्रममा केहि समस्याहरु देखिए पनि संघियता भएका विश्वका अन्य मुलुकहरुको तुलनामा नेपालमा तिन तह बिचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्नुभयो ।

संंघियता हाम्रा लागि नौलो अभ्यास भएको हुनाले तिन तहका बिचमा कानुन निर्माण, वित्तिय व्यवस्थापन लगायतका कुराहरुमा काम गर्ने क्रममा कहिले काही केहि अपठ्याराहरु देखिने गरे पनि सम्वाद, छलफल, अन्तरक्रियाको माध्यमद्धारा हल हुदै जाने उहाले स्पष्ट पार्नुभयो ।

कोरोना संक्रमणको जोखिम बढिरहेको अहिलेको विषम अवस्थामा प्रविधिको उपयोग गरेर आयोजना गरिएको भर्चुअल अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय सरोकार तथा समन्वय समिति, सभापती दिलकुमारी रावल थापा, प्रदेशसभाका विभिन्न समितिका सभापतीहरु ईन्द्रमणि पराजुली, मोहन खड्का, सिता थेवे, अर्जुन राई, प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फे, प्रदेशसभा सचिवालय सचिव गोपाल प्रसाद पराजुली लगायतको उपस्थिित रहेको थियो । कार्यक्रममा विषय विज्ञहरु दक्षिण अफ्रिकाका जसोन टवारिस, अष्ट्रेलियाका वेन बाट्जिसले अन्तराष्ट्रिय अनुभवहरु प्रस्तुत गर्नु भएको थियो ।

फोरम अफ फेडेरेशनका एशियाका लागि कार्यक्रम निर्देशक फिलिप गोन्जालेजले सहभगिहरुको स्वागत गर्नु भएको थियो भने सहजिकरण विषय विज्ञ पुरुषोत्तम नेपालले गर्नु भएको थियो ।

 

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic