संघ,प्रदेश र स्थानीय तहको समन्वय आवस्यक छ– सभामुख भण्डारी

  • भदौ २५, २०७७
  • ४,२३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ भदौ ःप्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले संघ, प्रदेश तथा स्थानीय तह बिचको सम्बन्ध समन्वय, सहकारीता र सअस्तित्वमा आधारीत रहेको वताउनु भएकोा छ ।

फोरम अफ फेडेरेशनद्धारा आयोजित “अन्तर सरकारी सम्बन्ध तथा विकास योजनामा समन्वय” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुदै माननीय सभामुख भण्डारीले सो कुरा वताउनु भएको हो ।

उहाँले अभ्यासका क्रममा केहि समस्याहरु देखिए पनि संघियता भएका विश्वका अन्य मुलुकहरुको तुलनामा नेपालमा तिन तह बिचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्नुभयो ।

संंघियता हाम्रा लागि नौलो अभ्यास भएको हुनाले तिन तहका बिचमा कानुन निर्माण, वित्तिय व्यवस्थापन लगायतका कुराहरुमा काम गर्ने क्रममा कहिले काही केहि अपठ्याराहरु देखिने गरे पनि सम्वाद, छलफल, अन्तरक्रियाको माध्यमद्धारा हल हुदै जाने उहाले स्पष्ट पार्नुभयो ।

कोरोना संक्रमणको जोखिम बढिरहेको अहिलेको विषम अवस्थामा प्रविधिको उपयोग गरेर आयोजना गरिएको भर्चुअल अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय सरोकार तथा समन्वय समिति, सभापती दिलकुमारी रावल थापा, प्रदेशसभाका विभिन्न समितिका सभापतीहरु ईन्द्रमणि पराजुली, मोहन खड्का, सिता थेवे, अर्जुन राई, प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फे, प्रदेशसभा सचिवालय सचिव गोपाल प्रसाद पराजुली लगायतको उपस्थिित रहेको थियो । कार्यक्रममा विषय विज्ञहरु दक्षिण अफ्रिकाका जसोन टवारिस, अष्ट्रेलियाका वेन बाट्जिसले अन्तराष्ट्रिय अनुभवहरु प्रस्तुत गर्नु भएको थियो ।

फोरम अफ फेडेरेशनका एशियाका लागि कार्यक्रम निर्देशक फिलिप गोन्जालेजले सहभगिहरुको स्वागत गर्नु भएको थियो भने सहजिकरण विषय विज्ञ पुरुषोत्तम नेपालले गर्नु भएको थियो ।

 

हिविस्कस वोडिङ स्कुलद्धारा साकेला नाच वारेमा जानका

छाल खवर धरान,२७ वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले विद्यार ...

खाली पेटमा खान नहुने ६ खानेकुरा, के हुन्छ असर 

डा. अमृत भण्डारी आयुर्वेदिक चिकित्सक स्वस्थवर्द्धक खानेकुरा पनि उचित मात् ...

बाथरुममा लडेर प्रचण्ड घाइते

छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प ...

निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

छाल खवर धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरे ...

सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड

छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३ ...

बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष

छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic