कानूनसंग कुनै सम्झौता गर्दिन–डिएसपि केसी

  • भदौ २८, २०७७
  • २,३५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
इटहरी,२८ भदौ ः इलाका प्रहरी कार्यालय इटहरीमा सरुवा भएर आउने प्रहरी प्रमुखहरुले केही न केही नया योजनाहरु सार्वजनिक गर्ने गरेकाछन् ।

केही दिन अघि मात्र सरुवा भएर इटहरी आएका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) अर्जुन केसीले पनि आफ्नो योजनाहरु सार्वजनिक गरेकाछन् ।

उनले कानुन विपरीत कार्य गर्ने जो सुकैलाई पनि कानुनी दायरामा ल्याउने वताउदै कानुनसंग कुनै सम्झौता नगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।

कार्यालयमा आयोजना गरीएको पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा केसीले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन ।

उनले आफू इटहरीमा रहदा राम्रो काम गरेर इटहरीवासीको मन जितेर बिदा हुनेमा बिस्वस्त रहेको उनले उल्लेख गरेकाछन् ।

इटहरी भित्र रहेका मुख्य चुनौतिका बिषयहरू अध्यन गरि अपराधिक गतिविधिलाइ हदै सम्म निर्मुल बनाउनेमा आफु कटिवद्ध रहेको पनि उनले बताए ।

इटहरीमा सरुवा भएर आउने अधिकांश प्रहरी प्रमुखहरु आर्थिक लेनदेनमा लाग्ने गरेको आरोप इटहरीवासीहरुले लगाउदै आएकाछन् ।

पछिल्लो समय इटहरी क्षेत्रमा मौलाउदै गएको लागू औषध र वेस्यावृत्ति लगायतका अपराधी गतिविधि नियन्त्रण उनको लागि चुनौति वनेको छ ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic