संविधान दिवसको अवसरमा रक्तदान एकसय प्रिन्टको लक्ष्य

  • भदौ ३०, २०७७
  • २,५२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,३० भदौ ः मदन भण्डारी स्पोर्टस एकेडेमी धरान उपमहानगर कमिटीले असोज ३ गते वृहत रक्तदान कार्यक्रम सहित निशुल्क स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको छ ।

संविधान दिवशको अवसरमा एकेडेमीले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनमा रक्तदान कार्यक्रमहरु आयोजना नहुँदा अस्पतालहरुमा रगतको अभाव हुन थालेपछि रक्तदान कार्यक्रमको आयोजना गरीएको एकेडेमीका धरान उपमहानगर अध्यक्ष प्रसान्त पाठकले जानकारी दिए ।

कार्यक्रमको आयोजना असोज ३ गते धरान स्थित लोकतान्त्रिक चौतारीमा निशुल्क स्वास्थ्य परामर्श कार्यक्रमको समेत तयारी भइरहेको एकेडेमीका धरान नगर समिति अध्यक्षले बताए ।उनले कार्यक्रमबाट १सय प्रिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको समेत पाठकले वताए ।

कार्यक्रमको प्रमुख अतिथी नेकपा प्रदेश १ कमीटीका अध्यक्ष देवराज घिमिरे रहने उनले जानकारी दिए ।

उक्त अवसरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हातेमालो फाउण्डेशनका चिकित्सकहरुबाट निशुल्क स्वास्थ्य परामर्श पनि दिइने भएको छ ।

नेपाली जनताले बनाएको संविधान जारी भएको दिनको सम्झनामा धरानको भानुचौंकमा साँझ ६ बजे दीप प्रज्वलन कार्यक्रम समेत आयोजना हुने पाठकले थप जानकारी दिएकाछन् ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic