लकडाउन पछिको पहिलो पटक यात्रु बोकेर हवाईजहाज विराटगनर आइपुग्यो

  • असोज ५, २०७७
  • १,८५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ असोजः लकडाउन शुरुभएदेखि वन्द रहेको आन्तरिक हवाई उडान सोमवारबाट शुरु भएको छ ।

विगत ६ महिनापछि वन्द रहेको रहेको हवाई उडान पहिलोपटक यात्रु बोकेर सोमवार विराटनगर अवतरण गरेको हो ।

नेपाल सरकारले असोज ५ गतेबाट आन्तरिक उडानलाई स्वीकृति दिएसँगै काठमाडौबाट दिउँसोसम्म विराटनगरका लागि दुईवटा उडान भएका हुन् ।

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालय प्रमुख उत्सव खरेलका अनुसार पहिलोदिन बुद्ध एयरले ३ र यति एयरले २ गरि ५ उडान भर्नेछन् ।

कार्यालय प्रमुख खरेलका अनुसार विहान पहिलो उडानका क्रममा बुद्ध एयर अवतरण गरेसंगै केही समय मौषम खराब हुदाँ विमानस्थल बन्द गरिएको थियो।

मौषममा सुधार आएसंगै दोस्रो उडानमा क्रममा यति एयर विराटनगर आएको उनले बताए । त्यसैगरि, विहान नेपाली सेनाको विमान समेत आएको कार्यालयले जनाएको छ।

सोमबार बेलुकासम्म थप ३ वटा गरि विमानस्थल खुलेको पहिलोदिन कुल ५ वटा उडान हुने खरेलले बताए। ७० सिट क्षमताको विमानको पहिलो उडानका क्रममा बुद्धबाट ६१ जना यात्रु काठमाडौं गएका छन् ।

यात्राका लागि सामाजिक दूरी, सेनेटाइजिङ्ग र मास्कको प्रयोग अनिवार्य गराएको वुद्ध एयरकी कर्मचारी मनिषा श्रेष्ठले जानकारी दिएकीछिन् ।अव उडान नियमित रुपमा सञ्चालन गरीने भएको छ ।

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic