पहिरोले विस्थापित परिवारलाई भेट्न पुगे सांसद आचार्य, घर बनाइदिन सरकारसँग पहल गर्ने

  • असोज ११, २०७७
  • १,६१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ असोज ः धरान उपमहानगरपालिका वडा नं. २०का पहिरोबाट विस्तापित परिवारको अवस्था वुझ्न आइतवार प्रदेश सांसद तथा नेकपा नेता भीम आचार्यले स्थलगत निरीक्षण गरेकाछन् ।

विस्थापित ७ घर परिवारलाई भेट गर्नुका साथै उनीहरुको वर्तमान अवस्थाको वारेमा जानकारी लिएका थिए ।

सो क्षेत्र आचार्यको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नं १ ख मा पर्छ । आचार्य प्रदेश सांसदका साथै नेकपा प्रदेश १ कमिटि इञ्चार्ज तथा स्थायी कमिटि सदस्य पनि हुन् ।

2 final

आचार्यलाई विस्थापित परिवाहरुले शौचालयको व्यवस्था गरीदिन र खानेपानीको व्यवस्था गरीदिन र स्थायी वसोवासको व्यवस्था मिलाई दिन आग्रह गरेका थिए ।

आचार्यले उचित स्थानको खोजी गर्न वडाध्यक्ष मणिकुमार राईलाई निर्देशन दिएका थिए । उनले तपाईहरु घर वसोवासका लागि ठाउ खोज्नुस घर निर्माणका लागि हामी पहल गछौं भन्ने आस्वासन दिएका थिए ।

सांसद तथा नेता आचार्यले खानेपानी र शौचालयको पनि चाडै व्यवस्था गरिदिने आश्वासन दिएका छन् । खाद्यान्न पनि राहत लिएर आउने बताएका थिए ।

जग्गा व्यवस्था भएपछि सरकारसँग घर बनाउन आवश्यक पहल गर्ने पनि आचार्यले प्रतिवद्धता जनाएका थिए ।आचार्यले पहिरोले पु¥याएको क्षति र विस्थापित परिवारको गास वासको अवस्थाका बारेमा स्थलगतरुपमा गएर बुझ्नु भएको नेकपा धरान उपमहानगर कमिटि अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

केहीदिन अघि देखि परेको भारी वर्षाका कारण एक साताअघि विष्णुपादुकाको आँपटार क्षेत्रमा पहिरोसँगै जमिन चिरा परेर ७ घर पुर्णरुपमा विस्थापित वनेका थिए ।

उनीहरुलाई तत्कालका लागि नम्वरी जग्गामा ३ महिनाका लागि वस्नको लागि टेन्ट टागेर राखीएको छ ।

आचार्यसँगै प्रदेश सांसद उमिता वराइली, नेकपाका नेताहरु मुक्साहांङ मेन्यांबो, अइन्द्र बेघा, प्रकाश राई,चोत्लुंग, नगर सदस्य राजमणि निरौला लगायतमा पुगेका थिए ।

उनीहरुलाई विभिन्न संघ संस्थाहरुले खाद्यान्न सहयोग गर्दै आएकाछन् ।

44 photo

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic