जनताको आवस्यकता र अपेक्षा अनुसार काम गर्न प्रतिवद्ध छु– सभामुख भण्डारी

  • असोज १२, २०७७
  • १,४०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असोज ः प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारीले आफु जनताका आवश्यकता, चाहना र अपेक्षा अनुरुप विकास निर्माणका कार्यहरु अगाडी बढाउन सदैव प्रतिबद्ध रहेको बताउनु भएको. छ ।

सुनसरीको धरान–६ स्थित माथिल्लो पानवारी सयपत्री चौक नजिकबाट राजारानी जोड्ने कालोपत्रे सडक निर्माण कार्यको सोमवार शिलान्यास गर्नु हुँदै भण्डारीले सो कुरा बताउनु भएको हो ।

44

सभामुख भण्डारीले आफ्नो क्षेत्रमा हुँदै गरेका विकास निर्माणका कार्यहरुमा स्थानीय नागरिकहरुको सहकार्य, समन्वय र चाँसो आवश्यक रहेको उल्लेख गर्दै जनताको सहभागिताको चाँसोले विकास निर्माणको कार्यको गुणस्तरियता वृद्धि गर्न समयमा नै काम सम्पन्न गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

प्रदेश सरकारको सहयोगमा १ एक करोड १८ लाख ५३ हजार ८ सय ४८ रुपैयाको लागतमा निर्माण हुने सो कालो पत्रे सडक आगामी जेष्ठ २३ गते भित्र सम्पन्न गर्ने लक्ष्य लिईएको छ । करिव २ किलोमिटर (१७५५ मिटर) सडक निर्माणको जिम्मा पुजा निर्माण सेवा धरान १५ ले पाएको छ । 

धरान वार्ड नं. ६ का वडाध्यक्ष भुवन सिं बस्नेतको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य एवंम् जिल्ला कमिटी सुनसरी सचिव रमेश बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य मुक्साहाङ्ग मेन्याङ्वो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य एवंम् धरान नगर ईञ्चार्ज अईन्द्र विक्रम बेघा, जिल्ला कमिटी सदस्य एवंम् धरान नगर ईञ्चार्ज फोक्वाहाङ्ग मेन्याङ्वो (चोत्लुङ्ग), नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र समिति सुनसरी १(क) सभापती धनबहादुर कटुवाल, सडक निर्माण सहयोग समितिका सदस्यहरु, स्थानीय जनप्रतिनिधी एवंम् राजनितिक दलका प्रतिनिधीहरु, लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

final 33 1

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic