समृद्धि र विकासको लक्ष्य पुरा गर्न मुलुक अघि वढेको छ– सभामुख भण्डारी

  • असोज १२, २०७७
  • ९५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असोज ः प्रदेश १ नं. का सभामुख प्रदपिकुमार भण्डारीले मुलु्क राजनितिक परिवर्तनको आन्दोलन पुरा गरेर समृद्ध राष्ट्रिय अर्थतन्त्र निर्माण गर्दै मुलुकको समृद्धि र विकासको लक्ष्य पुरा गर्न अगाडी बढिरहेको बताउनु भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघ, प्रदेश समितिको प्रथम अधिवेशनको धरानमा सोमवार उद्घाटन गर्नु हुँदै सभामुख भण्डारीले सो कुरा वताउनु भएको हो ।

sunchadi

उहाले सिंहदरवारको अधिकारलाई विकेन्द्रिकृत गर्दै जनताको घरदैलोमा सेवा पु¥याउने उद्धेश्यका साथ क्रियाशिल रहँदा यसको कार्यान्वयन पक्षमा हामी कति सफल हुन सक्यौ समिक्षा गर्दै अगाडी बढनु पर्ने बताउनु भयो ।

सुनसरी उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै माननीय सभामुख भण्डारीले महासंघले विगतका गतिविधीहरुको समिक्षा गर्दै आगामी दिनमा पेशागत हक हितको संरक्षण तथा पेशालाई मर्यादित बनाउदै यस प्रदेशका सम्पूर्ण सुनचाँदी व्यवसायीहरुको विश्वास जितेर साझा संस्थाको रुपमा विकास हुन सकोस भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।

समितिका संयोजक मोहनकाजी शाक्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संघका धरान, बिराटनगर, रामधुनी, झापा, उदयपुर, दमक, ईटहरी, ईलाम, भोजपुर, ओखलढुङ्गा, संखुवासभा, सुन्दरहरैचा, उर्लाबारीका प्रतिनिधीहरु तथा तिन एशोसियट सदस्यहरुको सहभागिता रहेको थियो ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic