समृद्धि र विकासको लक्ष्य पुरा गर्न मुलुक अघि वढेको छ– सभामुख भण्डारी

  • असोज १२, २०७७
  • १,००० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असोज ः प्रदेश १ नं. का सभामुख प्रदपिकुमार भण्डारीले मुलु्क राजनितिक परिवर्तनको आन्दोलन पुरा गरेर समृद्ध राष्ट्रिय अर्थतन्त्र निर्माण गर्दै मुलुकको समृद्धि र विकासको लक्ष्य पुरा गर्न अगाडी बढिरहेको बताउनु भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघ, प्रदेश समितिको प्रथम अधिवेशनको धरानमा सोमवार उद्घाटन गर्नु हुँदै सभामुख भण्डारीले सो कुरा वताउनु भएको हो ।

sunchadi

उहाले सिंहदरवारको अधिकारलाई विकेन्द्रिकृत गर्दै जनताको घरदैलोमा सेवा पु¥याउने उद्धेश्यका साथ क्रियाशिल रहँदा यसको कार्यान्वयन पक्षमा हामी कति सफल हुन सक्यौ समिक्षा गर्दै अगाडी बढनु पर्ने बताउनु भयो ।

सुनसरी उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै माननीय सभामुख भण्डारीले महासंघले विगतका गतिविधीहरुको समिक्षा गर्दै आगामी दिनमा पेशागत हक हितको संरक्षण तथा पेशालाई मर्यादित बनाउदै यस प्रदेशका सम्पूर्ण सुनचाँदी व्यवसायीहरुको विश्वास जितेर साझा संस्थाको रुपमा विकास हुन सकोस भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।

समितिका संयोजक मोहनकाजी शाक्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संघका धरान, बिराटनगर, रामधुनी, झापा, उदयपुर, दमक, ईटहरी, ईलाम, भोजपुर, ओखलढुङ्गा, संखुवासभा, सुन्दरहरैचा, उर्लाबारीका प्रतिनिधीहरु तथा तिन एशोसियट सदस्यहरुको सहभागिता रहेको थियो ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic