सुनचाँदी व्यवसायलाई थप व्यवस्थित वनाउन भूमिका खेल्छु ः अध्यक्ष धमला

  • असोज १३, २०७७
  • ३,४३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ असोज ः नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश १ को अध्यक्षमा झापा विर्तामोडका राजु धमला (रुपदल) निवार्चित भएका छन् ।

सोमबार धरानमा सम्पन्न प्रथम अधिवेशनबाट प्रदेश अध्यक्षमा धमला निवार्चित भएका हुन् ।

धमलाले अध्यक्ष पदका प्रत्याशी धरानका किसन मास्केलाई पराजित गरेका थिए । धमालाले ५० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी मास्केले ३७ मत पाएका थिए ।

उपाध्यक्षमा उदयपुरका चतुर चौधरीले ६६ मतले विजयी भए र इलामका धनमान बराइलीले ४५ मत पाए  ।
यता सचिव पदमा भने इटहरीका कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । सहसचिवमा दमकका मेघराज धमला निर्विरोध चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्ष पदमा विर्तामोडका राजकुमार गुप्ता विजयी भए । कोषाध्यक्ष पदमा गुप्ता र अर्का उम्मेदवार राजेश सोनीले बराबर ४२ मत पाएका थिए । मत बराबर पाएपछि सोनीले कोषाध्यक्ष पदमा गुप्तालाई छोडिदिएका थिए । यस्तै सहकोषाध्यक्षमा झुम्काका पुर्ण श्रेष्ठ पनि निर्विरोध भएका छन् ।

समितिको अन्य ५ जना सदस्यहरुमा महिला सदस्यमा सुन्दर हरैचाकी सृर्जना घिमिरे, एशोसिएट सदस्यमा विराटनगरका आलोक राठी चयन भएका छन्

त्यस्तै विराटनगरका विमल कुमार वेगवानी,भोजपुरका निरबहादुर विश्वकर्मा,ओखलढुंगाका युवराज विश्वकर्मा, रहेका छन् ।

निवर्तमान अध्यक्ष सदस्य रहने र १ जना सदस्य मनोनित हुन्छ । अधिवेशनमा ९४ जना सदस्य दर्ता भएपनि ८९ मत मात्र खसेको थियो ।

निर्वाचित अध्यक्ष राजु धमलाले सुनचादी व्यवासयलाई थप व्यवस्थित र मर्यादित वनाउदै व्यवसायीको हक हितको निम्ति काम गर्ने प्रतिक्रिया दिए ।

पछि परेका भूगोल समूह र क्षेत्रहरुलाई समेटदै काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकाछन् ।उनले कोविड १९ ले थला परेको सुनचादी व्यवसायलाई मजवुत वनाउन लागी पर्ने जनाएकाछन् ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic