होटल तथा पर्यटन व्यवसायी संगठित

  • असोज १८, २०७७
  • १,३१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असोज ः सुनसरीको पर्यटन तथा होटल व्यवसायी संगठित वनेकाछन् ।

जिल्ला भित्रका होटल तथा पर्यटन व्यवसायीहरुको शनिवार इटहरीमा भएको भेलाले व्यवासायीहरुलाई संगठित गरेको हो ।

भेलाले इटहरीका होटल व्यवसायी ओम पाथिभरा होटलका सञ्चालक तेजबहादुर पुरीको अध्यक्षतामा समिति गठन गरेको छ ।

नव गठित समितिको बरिष्ठ उपाध्यक्षमा सेछ होटल धरानका सञ्चालक तथा धरान होटल व्यवसायी समितिको महासचिव समेत रहेका बासु बराल चयन भएकाछन् ।

समितिको उपाध्यक्षमा इटहरीका प्रिमियर होटल स्कुलका सिईओ सुनिल भुषाल चयन भए भने महासचिवमा सफल पौडेल, सचिवमा धरान गजुर होटलका सञ्चालक गोपाल आचार्य र कोषाध्यक्षमा इटहरीका होटल इस्टन प्यालेसका सञ्चालक दुर्गा थापा चयन भएकाछन् ।

संघको सदस्यहरुमा इटहरीको त्रियुगा होटलकि गंगा गिरी,बसपार्कको चैनपुरे होटल सञ्चालक बाबुराम गिरी,बसपार्क राई होटल सञ्चालक सिताराम राई, खनारका टुरिस प्लालेसका सञ्चालक कृष्ण पराजुली,भेडेटारका अरुण होटलका सञ्चालक रमेश श्रेष्ठ, रामधुनीका होटल सञ्चालक विनोद चौधरी, पूर्वाञ्चल साउण्डका राजकुमार कार्की, चयन भएका छन् ।

पर्यटन क्षेत्रको समग्र विकासको लागि संघ र आफू लागि पर्ने नव निर्वाचित अध्यक्ष पुरीले प्रतिक्रिया दिएकाछन् ।

कोरोना भाईरसको कारण निकै लामो समय वन्द रहेको र आर्थिक रुपमा धराशायी वनेको होटल तथा पर्यटन व्यवसायीहरुलाई माथि उकास्नका लागि सरकारसँग समन्वय गर्दै पर्यटन व्यवसायलाई अगाडि बढाईने पुरीको भनाई रहेको छ ।

आफ्नो क्षेत्रमा होटल व्यवसायीहरु संगठित वनेपनि जिल्ला तहमा भने संगठित भएका थिएनन् ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic