आजबाट असोज २८ गतेसम्म धरान उपमहागनरपालिका र वडा कार्यालयहरु बन्द

  • असोज २२, २०७७
  • २,६६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ असोज ः दिनप्रतिदिन कोरोना संक्रमण बढन थालेपछि र जनप्रतिनिधी र कर्मचारीहरु समेत नै संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिकाका अतिआवस्यक बाहेक सवै सेवा एक हप्ताका लागि वन्द गर्ने निर्णय गरेको छ ।

धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु आजबाट एक सातासम्मका लागि वन्द गर्ने निर्णय भएको हो ।

नगर कार्यापालिका र वडाका कर्मचारी तथा जनप्रतिधिहिरु एकपछि अर्को गरेर संक्रतिम हुन थालेपछि उपमहागनरपालिकाले यस्तो निर्णय गरेको हो ।

दिउसो सर्वदलीय र सर्वपक्षीय भेलाबाट सुझावहरु लिएपछि लकडाउन नगरि उपमहानगरपालिकाले यस्तो निर्णय लिएको हो । बुधवार दिनभर धरानमा लकडाउन हुने हल्ला चलेको थियो ।

बिहिबार (आज)देखि असोज २८ गतेसम्म कार्यपालिका र वडाहरुबाट गरिने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिने निर्णय भएको प्रशासकिय अधिकृत गणेश खतिवडाले जानकारी दिए ।

संक्रमित बढन थालेपछि लकडाउन हुने हल्ला दिभर चलेको थियो सर्वपक्षिय र सर्वदलीय भेलामा पनि लकडाउन सवैले सुझाव दिएका थिए ।

दशै तिहार आउन लागेको समय भएकोले यस्तो अवस्थामा कुनैपनि हालत लकडाउन नगर्न सवैले सुझाव दिएका थिए ।

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic