कैलालीमा गस्तीमा गएका असई मृत फेला

  • कार्तिक २, २०७७
  • ४६५ पटक पढिएको
  • छाल खबर
alt

धरान,३ कार्तिक ः कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडामा रहेको अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् ।

शनिबार रातिदेखि बेपत्ता प्रहरी सहायक निरीक्षक गोविन्द बिक आइतबार बिहान नेपाल–भारत सीमा नाकामा मृत फेला परेका हुन् ।

उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् । चौकीबाट मोटरसाईकलमा राति साढे ८ बजे गस्तीमा गएका बिक र साउद राति साढे १० बजेदेखि सम्पर्कबिहिन भएका थिए ।

आइतबार बिहान खोजी गर्दा प्रहरी सहायक निरीक्षक बिकको शव प्रहरी चौकीबाट तीन किलोमिटर टाढा मोहना नदी किनारामा फेला परेको छ ।

यस्तै उनीहरु सवार मोटरसाइकल भने एक किलोमिटर टाढा भेटिएको छ । प्रहरीले तस्करहरुसँगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ ।

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic