कैलालीमा गस्तीमा गएका असई मृत फेला

  • कार्तिक २, २०७७
  • ५०० पटक पढिएको
  • छाल खबर
alt

धरान,३ कार्तिक ः कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडामा रहेको अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् ।

शनिबार रातिदेखि बेपत्ता प्रहरी सहायक निरीक्षक गोविन्द बिक आइतबार बिहान नेपाल–भारत सीमा नाकामा मृत फेला परेका हुन् ।

उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् । चौकीबाट मोटरसाईकलमा राति साढे ८ बजे गस्तीमा गएका बिक र साउद राति साढे १० बजेदेखि सम्पर्कबिहिन भएका थिए ।

आइतबार बिहान खोजी गर्दा प्रहरी सहायक निरीक्षक बिकको शव प्रहरी चौकीबाट तीन किलोमिटर टाढा मोहना नदी किनारामा फेला परेको छ ।

यस्तै उनीहरु सवार मोटरसाइकल भने एक किलोमिटर टाढा भेटिएको छ । प्रहरीले तस्करहरुसँगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic