सभामुख भण्डारीद्धारा वडादशैंको शुभकामना व्यक्त

  • कार्तिक ६, २०७७
  • ३,८७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ कार्तिक ः प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वडा दशैंको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

भण्डारीले विहिवार शुभकामना सन्देश जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्दै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्का प्रति सम्मान र स्नेह सञ्चार गर्ने नेपाली साँस्कृतिक पर्व बडा दशैं २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु–भाइ, दिदी–बहिनीहरुमा सुख, शान्ति, सु स्वास्थ्य, उत्तरोत्तर प्रगति, दिर्घायू एवंम् समृद्धिको कामना गर्दछु सन्देशमा भनिएको छ ।

pradip bhandari

बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको विभिन्न जातजाति, समुदाय, भाषाभाषी, सम्प्रदाय, भूगोल र धर्माबलम्वीहरुले मनाउदै आएका चाडपर्व तथा सँस्कृतिले विविधतायुक्त विशेषताहरुलाई सम्मान गर्दै हामी नेपालीलाई एकताको सुत्रमा गाँसेर ससामाजिक सद्भाव , राष्ट्रिय एकता, अनेकतामा एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान पु¥याउदै आएको छ ।

नेपालीहरुले बर्षभरी मनाउदै आएको दशैं, तिहार, नेपाल सम्वत, छठ, ईद, उद्यौली, उभौली, ल्होसार लगायत विभिन्न चाडपर्वहरुले भौगोलिक, सांस्कृतिक, जातिय, सामाजिक तथा भाषिक विविधताबीचको हाम्रो विशिष्ठ एवंम् मौलिक सृदृढ सांस्कृतिक एकता र पहिचानलाई अझ गाढा बनाउदै अनुपम सांस्कृतिक निधिहरुको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जगाउदै राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दछु सन्देशमा उल्लेख गरीएको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट हामी अछुतो रहन सकेनौं । संक्रमणले तिब्र गतिमा हाम्रो समाजलाई प्रभावित पारिरहेको अवस्था छ । संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।

यस्तो महामारीबाट उन्मुत्ती प्राप्त गर्न नागरिकहरुको आफ्नै सचेत पहल र सजगताको महत्वपूर्ण भूमिका रहने हामीले बिर्सनु हुन्न । अतः स्वास्थ्य सुरक्षाका संभव उपायहरु अबलम्वन गर्दै अहिले हामी जहाँ छौ त्यही बसी दशैं मनाऔं रमाऔं भन्ने आग्रह गर्दछु । ससाथै संक्रमितहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकहरु प्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।

यस महामारीको नियन्त्रण तथा रोगथामका लागि निरन्तर लागिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज लगायत ससम्वद्ध सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

नेपालीहरुको साझा पर्वको रुपमा विकसित हुँदै गरेको असत्य माथी सत्यको विजयोत्सवका रुपमा परापूर्वकाल देखि मनाउदै आएको बडा दशैं २०७७ को अवसरमा हामी नेपालीको पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धतालाई अझ कसिलो बनाउदै अपरीहार्य एवंम् एकताद्धारा मुलुकको विकास तथा समृद्धिको साझा लक्ष्यतर्फको हाम्रो यात्रालाई गन्तव्यमा पु¥याउन प्रदेशको विकास र समृद्धिको माध्यमबाट ससमृद्ध राष्ट्र निर्माणको अभियानमा अविचलितरुपमा लागिरहन प्रेरणा प्राप्त होस शुभकामना व्यक्त गर्दछु सन्देशमा भनिएको छ ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic