नेपाली कांग्रेसका नेता जुवाखालबाट पक्राउ

  • कार्तिक १६, २०७७
  • ३,३४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ कार्तिक ः नेपाली कांग्रेस स्थानीय नेता जुवाखाल जुवाखेलीरहेको अवस्थामा रंगेहात पक्राउ परेकाछन् ।

मोरङको केराबारी ६ मा सञ्चालित आफ्नै कालिज फर्मबाट जुवा खेलिरहेको अवस्थामा धरान ६ का भुपेन्द्र भट्टराई पक्राउ परेका हुन् ।

भट्टराई सहित ५ जना नगद सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रदेश र जिल्ला प्रहरी कार्यालय मोरङको बिशेष टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नगद सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अरुण केसी, शैलेज भुजेल, हरि खत्री र बोधराज मगर रहेको प्रहरी स्रोतको भनाई छ । मगर केराबारी ६ का हुन् भने अरु धरानका हुन् ।

उनीहरुको साथबाट ८ लाख भन्दा बढी नगद पनि वरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

भट्टराई धरान –६ बाट नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार वनेका थिए । निर्वाचनमा पराजित भएपछि उनी कोरावारीमा गएर कालिज फार्म सञ्चालन गर्दै आएकाछन् ।

मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईले केराबारीबाट जुवाडेहरु पक्राउ परेको पुष्टि गरेकाछन् ।

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic