रामधुनी र धरान सिधै जोडियो रिङरोडको अवधारणा कार्यान्वयन हुने

  • मंसिर १९, २०७७
  • २,२३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ मंसिर ःअव धरान र रामधानी नगरपालिकावीचमा सिधा सम्पर्क हुने भएको छ ।धरानलाई रिङरोडले जोडने अवधारणा अनुसार अव सो क्षेत्रमा जोडिने भएको हो ।

सोही अनुसार बिहीबार कान्छो सडकको रुपमा जय मार्गको उद्घाटन भएको हो ।

सुनसरी क्षेत्र नं १ का संघीय संसद जयकुमार राईले रामधुनी र धरान जोड्ने जय मार्गको औपचारीक उद्घाटन गरेका थिए ।

final

संसद राईले सडक गर्दै धरानलाई सवैक्षेत्रबाट जोडने आफ्नो लक्ष्य अन्तिम चरणमा रहेको दावी गरेका थिए ।

सांसद् राईले चारैतर्फबाट सडक सञ्जालले जोडेर धरानलाई तिब्र गतिमा विकास गर्ने लक्ष्यका साथ आफू लागि परेको दावी समेत गरेका थिए । उनले रामधुनीसँग सिधै धरानलाई जोड्न पाउँनुमा आफ्नो लागी गौरवको विषय भएको उल्लेख गरेका थिए ।

धरान १९ देखि लघुना सम्म जोड्ने सामरिक महत्व बोकेको लिङ्क रोडको रुपमा परिचित रहेको छ ।

यो सडकले संघिय सरकारबाट घोषणा भएका धान जोन, बंगुर जोन,माछा जोन्,अदुवा जोन् बेसार जोन् जस्ता कार्यक्रम हरुको बृद्दि बिकासमा महत्वपुर्ण भुमिका खेल्दै रासा ताल अमाहा बेला जस्ता पर्यटकिय स्थान हरुको बृद्दि बिकासमा भर गर्ने कुरालाई जोड दिदै कालोपत्रे गर्न पहल गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

3

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं १ मा आएको रकम मध्ये ४० लाखको लागतमा ९ किलोमिटर सडकको ट्र्याक खोलेर ग्राभेल गरिएको छ ।

सडक निर्माण पश्चात अहिले रामधुनीमा उत्पादन भएको तरकारी तथा दुध लगायतका दैनिक उपभोग्यवस्तुहरु आउने गरेको छ । रामधुनीबासीलाई दैनिक बजार आवतजावत गर्न सहज भएको छ ।

धरान–स्थित हरीयाली सामुदायिक वनको विचबाट सो क्षेत्रमा जाने सडक पुरानो सडकको रुपमा परिचित रहेपनि त्यसले पूणता पाएको थिएन ।

अव भने सो सडकले आवतजावतका लागि पूर्णता पाएपनि यसलाई कालोपत्रे गर्न भने ठूलो रकम खर्च लाग्ने भएकोले त्यसका लागि पहल गरीदिन नेकपा नेता नन्द बस्नेतले संसद राईसंग आग्रह गरेका थिए । कार्यक्रममा प्रदेश संसद उमिता वराइली,नेकपा प्रदेश कमिटी सदस्य तथा धरान नगर इन्चार्ज आइन्द्र विक्रम वेघा, नेकपा धरान नगर अध्यक्ष नारायण सुवेदी,नगर इन्चार्ज चोत्लुङ ,  नेकपा जिल्ला सदस्य तथा धरान नगर सहइन्चार्ज पदम लिम्वु, नगर सदस्य राजमणी निरौला,लगायतको उपस्थिति रहेको थियो ।

4 5

 

 

 

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic