परम्परागत शैलीका गरगहना विेदेश निर्यातको संभावना छ सभामुख भण्डारी

  • पुस ६, २०७७
  • २,४३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ पुष ः प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले पुराना ऐतिहासिक महत्व बोकेका तथा नेपाली परम्परागत शैलीका गरगहना निर्माण गरेर विदेशमा निर्यात गर्न सक्ने ठूलो सम्भावना रहेको बताउनु भएको छ ।

सोमवार धरानमा आयोजित सुनसरी सुनचाँदी व्यवसायी संघको एक्काईसौं बार्षिकोत्सव एवंम् छैठौं साधारण सभालाई सम्बोधन गर्नु हुँदै सभामुख भण्डारीले व्यवसायीहरुका समस्याहरुको समाधान गर्दै यसलाई मर्यादित तथा व्यवस्थित गर्न आवश्यक कानुन निर्माण गर्ने तर्फ राज्यले उपेक्षा गर्न नहुने कुरामा जोड दिनुभएको हो ।

2 3

सीपको उपयोग तथा प्रशिक्षणकोख व्यवस्था गरेर नयाँ दक्ष जनशक्ति उत्पादन गर्दै व्यवसायको प्रवद्र्धन गरेर रोजगारीको पर्याप्त अवसरहरु सिर्जना गर्न उत्पादनहरु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने अवस्था बनाउन सुनचाँदी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

संघका अध्यक्ष किशन मास्केको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष मोहनकाजी शाक्य, सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठले शुभकामना व्यक्त गर्नु भएको थियो ।

सभामुख भण्डारीले संघको नवनिर्मित कार्यालय भवनको उद्घाटन पनि गर्नु भएको थियो । धरान २ मा निर्मित दुई तल्ले कार्यालय भवन जग्गा सहित करिब ६५ लाखमा निर्माण भएको संघले जनाएको छ ।

साधारण सभामा भवन निर्माणका लागि सहयोग गर्नुहुने दाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
साधारण सभाले राजेश अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

संघको उपाध्यक्षमा राजेश श्रेष्ठ, सचिवमा रोहन हाडा, कोषाध्यक्षमा मनोज अग्रवाल र सहसचिव अमेश श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा विद्या शाक्य, मानबहादुर विश्वकर्मा दियाली, हिरा श्रेष्ठ, वसन्त राई, कुमार श्रेष्ठ र विजय श्रेष्ठ चुनिएका छन ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic