मारवाडी महिला मञ्चद्धारा दुईधारेमा विश्रामालय र खानेपानी टयाङ्की निर्माण

  • माघ १६, २०७७
  • ३,९०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ माघ ः मारवाडी महिला मञ्च धरानले धरान–१४ स्थित दुइधारेमा विश्रामालय र खानेपानी टयाङ्की बनाइदिएको छ ।

मञ्चले १२ लाखको लगानीमा सो विश्रामालय र खानेपानी टयाङ्की बनाई दिएको हो ।

निर्माण समितिका संयोजक एवं समाजसेवी पितरुमल अग्रवालले मारवाडी महिलाकै पहलमा निर्माण कार्य भएको जानकारी दिए ।

विश्रामस्थल र टयाङ्कीको उद्घाटन प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारीले उद्घाटन गर्नुभएको थियो ।।
मञ्चकी कोषाध्यक्ष श्वेता अग्रवालका अनुसार मारवाडी समुदायका समाजसेवीहरुको सहयोगबाट निर्माण कार्य सम्पन्न गर्न सफल भएको बताउनु भयो ।

कार्यक्रममा वोल्दै सभामुख भण्डारीले चुलो र चौकोमा सीमित रहेका मारवाडी समुदायका महिलाहरु सामाजिक कार्यमा एकजुट भएको देख्दा आफूलाई ज्यादै खुशी लागको वताउनुभयो ।

उहाले मारवाडी महिला मञ्चले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेको वताउदै आफ्नो संस्कार, संस्कृतिलाई समेट्दै यस्तो प्रशंनीय र उत्साहजनक कार्य गर्नु खुशीको कुरा भएको उल्लेख गर्नुभयो ।

उहाले अव हरेक क्षेत्रमा महिला सहभागिताको खाचो भएको अवस्थामा मञ्चले आफ्नो दर्विलो उपस्थिति जनाउदै वताउनुभयो ।

drn-4

त्यसैगरी कार्यक्रममा सम्वोधन गर्र्दै धरान उपमाहनगरपालिका मेयर तिलक राईले धरान नगरपालिका मारवाडी समुदाय र महिला मञ्चसँग सहकार्य गरेका काम गर्न तयार गरेको प्रतिवद्धता वनाउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी महिला मञ्चकी निवर्तमान केन्द्रीय अध्यक्ष रचना राठीले देशभरमा २७ वटा महिला मञ्चका शाखाहरु विस्तार र गठन गरेको र सामाजिक कार्यमा सकृय रहेको जानकारी दिनुभयो ।

पछिल्लो समय घुँघटोले छोपेर घरमा वस्ने मारवाडी महिलाहरु संस्कार संस्कृतिको जर्गेना गर्दै सामाजिक उत्तरदायित्व निभाउन तल्लिन रहेको उल्लेख गर्नुभयो ।

सोही कार्यक्रममा जग्गादाता एवं समाजसेवी टोमप्रसाद आचार्य र विश्रामस्थल र प्याउँ निर्माण संयोजक पितरुमल अग्रवाललाई कदर पत्रले सम्मान गरिएको थियो । भने सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै दुर्गा काफ्ले, सन्तोष अग्रवाल र लक्ष्मी कान्त बियानीलाई प्रशंसा पत्रबा सम्मान गरएिको थियो ।

144218865_1920691851440990_8889718018835147692_n

मारवाडी महिला मञ्चकी अध्यक्ष अनिता अटलको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन युवा मञ्चका धरान अध्यक्ष सन्तोष अग्रवाल र कविता अग्रवालले गरेका थिए ।

मारवाडी महिला मञ्चले यस अघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । आगामी दिनहरुमा पनि कार्यक्रमहरुलाई निरन्तरता दिने मञ्चकी अध्यक्ष अनिता अटलले वताउनु भयो ।

drn-1 drn1-4 drn7-3 drn5-6 drn8-2 drn6-4

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic