धरानको नगर परिषद अन्यौलमा

  • फागुन ९, २०७७
  • २,१५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ फागुन ः धरानको खानेपानी समस्या समाधान नभएसम्म नगर परिषद गर्न नदिने केही वडाध्यक्षको अडानका कारण धरानको नगर परिषद वैठक अन्यौलमा परेको छ ।

आइतवार वसेको कार्यपालिका वैठकमा अध्यक्षले वैठक शुरु गरे लगत्तै वडाध्यक्षहरुले धरानमा खानेपानी समस्या वढेकोले समस्या समाधानको भरपर्दो अवस्था नआएसम्म नगर परिषद गर्न नदिने अडान लिएपछि नगर परिषद अन्यौलमा परेको हो ।

वडा नं ९ का वडाध्यक्ष रत्न बहादुर कट्वालले खानेपानी संस्थानले खानेपानी पयाप्त मात्रामा विक्ति गर्न नसक्ने जानकारी गराएकोले संस्थानलाई खानेपानी वोर्डमा ल्याउने निर्णय नभएसम्म नगर परिषद हुन नदिने बताएपछि परिषद अन्यौलमा परेको हो ।

वडाध्यक्ष कट्वालले वोर्डमा पनि नल्याउने र संस्थानले पनि पानि वितरणमा समस्या देखाउने गरेकोले संस्थानको विषयमा निर्णय नभएसम्म नगर परिषद हुन नदिने दावी गरेकाछन् ।

उनले जसरी पनि संस्थानलाई वोर्डमा ल्याउनु पर्नेमा अडान लिएकाछन् । खानेपानी वोर्डको अध्यक्ष नगरप्रमुख रहने व्यवस्था रहेको छ । वोर्ड अध्यक्ष तथा नगरप्रमुखले तत्काल संस्थानको विषयमा निर्णय गरेर धराने जनतालाई खानेपानीको समस्याबाट मुक्त गर्नुपर्नेमा वडाध्यक्ष कट्वालको माग गरेको छ ।

नगर परिषदको तयारीका लागि कार्यपालिका वैठक आइतवार वोलाईको थियो ।तर वैठकमा वडाध्यक्षहरुले संस्थानको विषयमा पहिला निर्णय हुनुपर्ने अनि मात्र नगर परिषद हुनुपर्ने अडान लिएपछि परिषदको विषय अन्यौल भई सकिएको वुझिएको छ ।

अन्य वडाका केही वडाध्यक्षहरुले पनि संस्थानको विषयमा टुंगो लगाएपछि मात्र नगरपरिषद हुनुपर्नेमा जोडदिएको वताइएको छ ।

यता नगर प्रमुख तिलक राईले भने नगर परिषद पूर्व निर्धारित कार्यक्रम रहेको र परिषद हुने वताए । उनले परिषद स्थागित नभएको दावी गरेकाछन् ।

 

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic