धरान उपमहानगरको नगर सभा स्थगित

  • फागुन १०, २०७७
  • २,१९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० फागुन ःखानेपानीको समस्या समाधान भएपछि मात्र नगर परिषद हुनुपर्ने माग वडाध्यक्षहरुले गरेपछि धरानको आठौ नगर परिषद उद्घाटन गरेपछि फागुन २१ गतेसम्मका लागि स्थगित भएको छ ।

निर्धारित समय भन्दा करिव तीन घण्टापछि शुरु भएपनि औपचारीक कार्यक्रम पश्चात फागुन २१ फेरी बस्ने गरी स्थगित भएको हो ।

खानेपानी संस्थानले हिजो मात्र विज्ञप्ति प्रकाशन गरी खानेपानी वितरण सहज रुपमा गर्न नसक्ने जनाएपछि नगर सभा अगावै संस्थानलाई खानेपानी वोर्डमा ल्याउनु पर्ने माग सहित केही वडाध्क्ष र अन्य जनप्रतिनिधिले नाराबाजी समेत गरेका थिए ।

खानेपानी वोर्डका अध्यक्ष समेत रहेका धरानका नगरप्रमुख तिलक राईले फागुन २१ गते अगावै संस्थानलाई वोर्डमा ल्याउने र खानेपानी समस्यालाई सहज वनाउने लिखित प्रतिवद्धता जनाएपछि नगर परिषद शुरु भएको थियो ।

मेयर राईले फागुन २१ गते भन्दा अघि नै खानेपानी संस्थान बोर्डमा गाभ्ने र पानी एकद्धार प्रणालीबाट सहजरुपमा वितरण गर्ने प्रतिबद्धता जनाएकाछन् ।

नगर सभाको उद्घाटन प्रदेश १ का सभामुख प्रदीप भण्डारीले गरेका थिए । सभामुख भण्डारीले सम्बोधन गरेपछि नगर सभा फागुन २१ गतेसम्मको लागि स्थगित भएको हो ।

नगर परिषद फागुन २१ गते वस्ने भएको छ । फागुन २१ अगाडी समस्या समाधान नभए सो दिन पनि परिषद हुन नदिने वडा नं १६ का वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिएकाछन् ।

उनले लिखित प्रतिवद्धत कार्यान्वयन भएन भने हामी फेरी पनि परिषद हुन दिदैनौं ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic