तामाङ समुदाय भित्र वौद्धिक समाज गठनको आवस्यकता वारे अन्तरक्रिया

  • फागुन २२, २०७७
  • २,४२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ फागुन ः तामाङ बौद्धिक समूह धरानको आयोजनामा शनिवार एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

होटल सन्धा इनमा आयोजित कार्यक्रममा विजयपुर अस्पतालका प्रशासकीय प्रमुख इन्दु नेपाल योञ्जनले बौद्धिक समूहको औचित्य र आवस्यकताका वारेमा जानकारी गराएका थिए ।

157886464_894772601323645_391345208728227484_n

उनले शिक्षा,स्वास्थ्य, खेलकुद, साहित्य,कला संस्कृति,भाषा, राजनीतिक, सामाजिक लगायत सवै क्षेत्रमा तामाङ समुदायको प्रतिनिधित्व हुने गरी व्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि अग्रसर हुनु पर्नेमा जोडदिएका थिए ।

आफ्नो समुदायलाई सर्वाङ्गिण क्षेत्रमा अगाडी वढाउनका लागि तामाङ बौद्धिक समाज गठन र निर्माण आजको अपरिहार्य आवस्यकता रहेको कुरामा उनले जोडदिएका थिए ।

त्यसैगरी कार्यक्रममा वोल्दै वुद्धिजीवि अनुप तामाङले समुदायको वृहत्तर हितको लागि तामाङ बौद्धिक समाज गठनको अपरीहार्य आबस्यकता रहेको उल्लेख गरेका थिए ।

यसले समुदायलाई मात्र नभएर सिंगो समाज परिवर्तनमा समेत ठूलो योगदान पु¥याउने र तामाङ समुदायलाई जोडने पुलको रुपमा काम गर्न सक्नुका साथै समुदायलाई समाजमा सवै प्रकारले स्थापित गर्ने समेत दावी गरेका थिए ।

नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष सुरज लामा पाख्रिनले तामाङ बौद्धिक समुदाय गठनमा घेदुङले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै घेदुङले सोच वनाएको तर विधानमा व्यवस्था नरहेकोले अव हुने महाधिवेनमा भने यो विषय समेटिने उल्लेख गरेका थिए ।

157728880_565694767684151_1406294699899727481_n

घिसिङ समाज धरानका प्रवक्ता दिपक घिसिङले युवा तामाङ समुदायमा बौद्धिकताको क्षमताको विकास गरेर अघि वढनु पर्नेमा जोडदिएका थिए ।

अवको नेतृत्व नै युवाका काधमा हुनुपर्नेमा उल्लेख गर्दै त्यसका लागि नेतृत्व र व्यक्तित्व विकासका लागि सवल र सक्षम हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमको अध्यक्ष साहित्यकार सुपिद पाख्रिन तामाङले कार्यक्रमको उदेश्यका बारे विभिन्न संघ संस्था उद्योगी व्यापारी कला संस्कृतिसँग तामाङ समुदाय जोडने र समुदायलाई अघि वढाउने थलोको रुपमा विकास गरेर लानको लागि साझा मञ्चको रुपमा विकास गर्न यो संस्थाको स्थापना गर्नको लागि छलफलको आयोजना गरीएको बताएका थिए ।

सुदिप पाख्रिनको नेतृत्वमा समिति गठन

छलफलले सुदिप पाख्रिनको संयोजकत्वमा ११ सदस्यीय तामाङ बौद्धिक समाज तर्दथ समिति गठन गरेको छ ।

भेलाले अनुप योञ्जन तामाङ,इन्दु नेपाल योञ्जन,सनम तामाङ,दिपक घिसिङ,निला तामाङ,रिता मोक्तान,बद्री तामाङ,विष्णु मोक्तान,कृष्ण व्लोन, राजेन्द्र स्याङ्वोलाई सदस्यमा चयन गरेको छ ।

 

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic