तामाङ समुदाय भित्र वौद्धिक समाज गठनको आवस्यकता वारे अन्तरक्रिया

  • फागुन २२, २०७७
  • २,३४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ फागुन ः तामाङ बौद्धिक समूह धरानको आयोजनामा शनिवार एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

होटल सन्धा इनमा आयोजित कार्यक्रममा विजयपुर अस्पतालका प्रशासकीय प्रमुख इन्दु नेपाल योञ्जनले बौद्धिक समूहको औचित्य र आवस्यकताका वारेमा जानकारी गराएका थिए ।

157886464_894772601323645_391345208728227484_n

उनले शिक्षा,स्वास्थ्य, खेलकुद, साहित्य,कला संस्कृति,भाषा, राजनीतिक, सामाजिक लगायत सवै क्षेत्रमा तामाङ समुदायको प्रतिनिधित्व हुने गरी व्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि अग्रसर हुनु पर्नेमा जोडदिएका थिए ।

आफ्नो समुदायलाई सर्वाङ्गिण क्षेत्रमा अगाडी वढाउनका लागि तामाङ बौद्धिक समाज गठन र निर्माण आजको अपरिहार्य आवस्यकता रहेको कुरामा उनले जोडदिएका थिए ।

त्यसैगरी कार्यक्रममा वोल्दै वुद्धिजीवि अनुप तामाङले समुदायको वृहत्तर हितको लागि तामाङ बौद्धिक समाज गठनको अपरीहार्य आबस्यकता रहेको उल्लेख गरेका थिए ।

यसले समुदायलाई मात्र नभएर सिंगो समाज परिवर्तनमा समेत ठूलो योगदान पु¥याउने र तामाङ समुदायलाई जोडने पुलको रुपमा काम गर्न सक्नुका साथै समुदायलाई समाजमा सवै प्रकारले स्थापित गर्ने समेत दावी गरेका थिए ।

नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष सुरज लामा पाख्रिनले तामाङ बौद्धिक समुदाय गठनमा घेदुङले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै घेदुङले सोच वनाएको तर विधानमा व्यवस्था नरहेकोले अव हुने महाधिवेनमा भने यो विषय समेटिने उल्लेख गरेका थिए ।

157728880_565694767684151_1406294699899727481_n

घिसिङ समाज धरानका प्रवक्ता दिपक घिसिङले युवा तामाङ समुदायमा बौद्धिकताको क्षमताको विकास गरेर अघि वढनु पर्नेमा जोडदिएका थिए ।

अवको नेतृत्व नै युवाका काधमा हुनुपर्नेमा उल्लेख गर्दै त्यसका लागि नेतृत्व र व्यक्तित्व विकासका लागि सवल र सक्षम हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमको अध्यक्ष साहित्यकार सुपिद पाख्रिन तामाङले कार्यक्रमको उदेश्यका बारे विभिन्न संघ संस्था उद्योगी व्यापारी कला संस्कृतिसँग तामाङ समुदाय जोडने र समुदायलाई अघि वढाउने थलोको रुपमा विकास गरेर लानको लागि साझा मञ्चको रुपमा विकास गर्न यो संस्थाको स्थापना गर्नको लागि छलफलको आयोजना गरीएको बताएका थिए ।

सुदिप पाख्रिनको नेतृत्वमा समिति गठन

छलफलले सुदिप पाख्रिनको संयोजकत्वमा ११ सदस्यीय तामाङ बौद्धिक समाज तर्दथ समिति गठन गरेको छ ।

भेलाले अनुप योञ्जन तामाङ,इन्दु नेपाल योञ्जन,सनम तामाङ,दिपक घिसिङ,निला तामाङ,रिता मोक्तान,बद्री तामाङ,विष्णु मोक्तान,कृष्ण व्लोन, राजेन्द्र स्याङ्वोलाई सदस्यमा चयन गरेको छ ।

 

 

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic