एकल महिला र जेष्ठ नागरीक र विपन्नलाई चामल वितरण

  • फागुन २५, २०७७
  • २,९६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ फागुन धरान–५ ठिङ्गाबारी,देउराली र देवीगाउँका एकल महिला, जेष्ठ नागरिक तथा निम्न आय भएका १५ घरधुरीलाई चामल वितरण गरीएको छ ।

१११ औं विश्व श्रमिक महिला दिवस २०२१ को अवसरमा १ सय ७५ केजी चामल वितरण गरिएको आयोजकले जनाएको छ ।

विश्व शान्ति महिला संघ, नेपाल सुनसरी शाखाले निम्न आय भएका परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

आयोजक संस्थाकी सुनसरी अध्यक्ष सीता सुब्बा खापुङका अनुसार उक्त सहयोग आइ आर एफ एफ जर्मनले उपलब्ध गराएको हो ।

2 fin

सो कार्यक्रममा धरान–५ की वडा सदस्य शान्ति देवी राई प्रमुख अतिथि रहेकी थिइन भने वडा सदस्य हेमकुमारी विश्वकर्मा विशेष अतिथि रहेकि थिइन । विश्वकर्माले मानव सेवाका लागी अत्यन्तै राम्रो काम गरेकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरेकी थिइन ।

उक्त कार्यक्रममा युपीएफ सुनसरीका संयोजक मोहन श्रेष्ठ,विस्व शान्ति तथा एकीकृत परिवार संघ सुनसरी संयोजक रामबहादुर लिम्बू, स्थानीय अग्रज व्यक्तित्व सुकबहादुर लिम्बू, वडा सचिव राम पौडेल, तिलिङ्ग कृषि फार्मका संचालक तथा युवा व्यवसायी दिनेश तिलिङ्ग,शान्तिदुत पुस्कर थापा र यु.एन. स्कुल कि शिक्षिका सुमी शंकर लगायतले खाद्यान्न हस्तान्तरण गरेका थिए ।

3   fin

सो अवसरमा इटहरी क्लिनका सरसफाइ अभियन्ता पुस्कर थापाले वडालाई हरियाली बनाउन अशोक बाटिका, कपुर, स्वामी प्रजाति लगायतका विरुवा वितरण गरेका थिए ।

4

धरान ५ नं.वडा कार्यालयमा भएको उक्त कार्यक्रम संघको सुनसरी अध्यक्ष सिता सुब्बा खापुङ्गको अध्यक्षतामा भएको थियो ।

5

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य हेम कुमारी बिस्वकर्माले गरेकीथिइन । कार्यक्रम कोषअध्यक्ष बालकुमारी कार्कीले संचालन गरेकी थिइन।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic