नेवा पत्रकार राष्ट्रिय दवू सुनसरीमा मोहन

  • चैत ४, २०७७
  • २,५०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ चैत ः नेवार समुदायको पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दवूः जिल्ला कार्य समिति सुनसरीको पाँचौ अधिवेशन बुधवार धरानमा सम्पन्न भएको छ ।

अधिवेशनले धरानका क्रियाशिल पत्रकार मोहन श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको छ ।

अधिवेशनले समितिको उपाध्यक्षमा मञ्जु शाक्य, सचिवमा विक्की श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ र कोषाध्यक्षमा रश्मी प्रधानलाई चयन गरेको छ ।

त्यसैगरी अधिवेशनले सौरभ श्रेष्ठ, अनिल श्रेष्ठ,अनिता श्रेष्ठ, स्नेहा श्रेष्ठ, विक्रान्त श्रेष्ठ, दीपेन्द्र श्रेष्ठलाई सदस्यमा निर्वाचित गरेको निर्वाचन अधिकृत महेश श्रेष्ठले जानकारी दिएकाछन् ।

नव निर्वाचित समितिको पहिलो बैठकले नेवारी सङ्घसंस्थाहरुसँग चैत ९ गते धरानमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको नव निर्वाचित अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।

समितिको पहिलो वैठकले आगामी वैशाख महिनामा समुदायस्तरमा आधारभूत पत्रकारिता तालिम गरिने निर्णय भएको छ

अधिवेशनको उद्घाटन नेवाः पत्रकार राष्ट्रिय दवू सुनसरीका संस्थापक अध्यक्ष एवम् सल्लाहकार महेश श्रेष्ठ लगायतले गरे ।

उनले २०६७ सालमा संस्था स्थापना गर्दा ओखलढुङ्गाका उज्जन श्रेष्ठको हत्याको विरोधमा धरानमा र्याली निकाल्दा माओवादी पक्षले कार्यक्रम नै विथोल्न खोजेको अवस्थाबाट गुज्रिँदै आजको अवस्थामा आइपुगेको बताए ।

अर्का सल्लाहकार आनन्द श्रेष्ठले सबै जातजातिको भातृ संस्था भइरहँदा नेवारी समुदायको हकहित, संस्कृति, संस्कारका विषयमा नेवार पत्रकारहरूले भूमिका खेल्नुपर्ने बताए ।

संस्थापक सचिव तथा सल्लाहकार भोला श्रेष्ठले धरानको सुनसरीबाट स्थापना भएको संस्था आज देशभरका ६५ वटा जिल्लामा विस्तार भएकोमा खुशी लागेको वताए ।

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic