नेवा पत्रकार राष्ट्रिय दवू सुनसरीमा मोहन

  • चैत ४, २०७७
  • २,५६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ चैत ः नेवार समुदायको पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दवूः जिल्ला कार्य समिति सुनसरीको पाँचौ अधिवेशन बुधवार धरानमा सम्पन्न भएको छ ।

अधिवेशनले धरानका क्रियाशिल पत्रकार मोहन श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको छ ।

अधिवेशनले समितिको उपाध्यक्षमा मञ्जु शाक्य, सचिवमा विक्की श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ र कोषाध्यक्षमा रश्मी प्रधानलाई चयन गरेको छ ।

त्यसैगरी अधिवेशनले सौरभ श्रेष्ठ, अनिल श्रेष्ठ,अनिता श्रेष्ठ, स्नेहा श्रेष्ठ, विक्रान्त श्रेष्ठ, दीपेन्द्र श्रेष्ठलाई सदस्यमा निर्वाचित गरेको निर्वाचन अधिकृत महेश श्रेष्ठले जानकारी दिएकाछन् ।

नव निर्वाचित समितिको पहिलो बैठकले नेवारी सङ्घसंस्थाहरुसँग चैत ९ गते धरानमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको नव निर्वाचित अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।

समितिको पहिलो वैठकले आगामी वैशाख महिनामा समुदायस्तरमा आधारभूत पत्रकारिता तालिम गरिने निर्णय भएको छ

अधिवेशनको उद्घाटन नेवाः पत्रकार राष्ट्रिय दवू सुनसरीका संस्थापक अध्यक्ष एवम् सल्लाहकार महेश श्रेष्ठ लगायतले गरे ।

उनले २०६७ सालमा संस्था स्थापना गर्दा ओखलढुङ्गाका उज्जन श्रेष्ठको हत्याको विरोधमा धरानमा र्याली निकाल्दा माओवादी पक्षले कार्यक्रम नै विथोल्न खोजेको अवस्थाबाट गुज्रिँदै आजको अवस्थामा आइपुगेको बताए ।

अर्का सल्लाहकार आनन्द श्रेष्ठले सबै जातजातिको भातृ संस्था भइरहँदा नेवारी समुदायको हकहित, संस्कृति, संस्कारका विषयमा नेवार पत्रकारहरूले भूमिका खेल्नुपर्ने बताए ।

संस्थापक सचिव तथा सल्लाहकार भोला श्रेष्ठले धरानको सुनसरीबाट स्थापना भएको संस्था आज देशभरका ६५ वटा जिल्लामा विस्तार भएकोमा खुशी लागेको वताए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic