तामाङ घेदुङ दुहवीमा योञ्जन

  • चैत ७, २०७७
  • ३,७९८ पटक पढिएको
  • छाल खबर
alt

दुहवी, ६ चैत्रः तामाङ जातिको साझा जातिय संस्था नेपाल तामाङ घेदुङको सुनसरीस्थित दुहवी नगरपालिका कार्यसमितिको अध्यक्षमा कुष्ण योञ्जन सर्वसम्मत चयन भएकाछन् । ।

नेपाल तामाङ घेदुङ सुनसरीको अध्यक्ष सुरज लामा पाख्रिनको अध्यक्षतामा सम्पन्न प्रथम भेलाले योञ्जनको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

162255997_226837265854355_8015571521985350645_n

भेलामा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, प्रदेश नं. १ का कोषाध्यक्ष जानुकला पाख्रिन लगायतले मन्तव्य राखेका थिए ।

भेलाले उपाध्यक्षमा सन्तोष थिङ र गीतादेवी तामाङ, सचिवमा मिलन स्याङवो, कोषाध्यक्षमा प्रमिला ब्लोन, सहसचिवमा अमर घिसिङ र सदस्यमा सीता घिसिङ, करेन्द्र कुमार लामा(ब्लोन), पेमा लामा(घिसिङ), मेलिना मोक्तान र राजकुमार मोक्तानलाई चयन गरेको छ ।

त्यसैगरी सल्लाहकारमा कृष्णकुमार योञ्जन र अमृत लामा योञ्जनलाई चयन गरेको छ ।

नव निर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य एवम् सल्लाहकारहरुलाई प्रमुख अतिथि गोलेले नेपाल तामाङ घेदुङको विधान, २०१३ बमोजिम सपथ ग्रहण गराएका थिए ।

नवगठित कार्यसमितिलाई घेदुङको विधान, झण्डा, बैठक पुस्तिका लगायतका आवश्यक सामाग्री समेत प्रदान गरिएको छ ।
नेपाल तामाङ घेदुङको केन्द्रीय महाधिवेशन यही चैत्र २७ देखि २९ सम्म काठमाण्डौंमा हुंदैछ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic