भोजपुर सदरमुकाममै बढ्न थाल्यो खानेपानी समस्या

  • चैत १०, २०७७
  • ३,६२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
भोजपुर,१० चैत ः सुख्खायाम सुरु भएसंगै मुहानको पानीको सतह घटेपछि सदरमुकाममा खानेपानी समस्या थपिएको छ ।

नयाँ खानेपानी आयोजनाको खानेपानी पनि नआउनाले समस्या दिनानुदिन बढ्दै गएको हो ।

पर्याप्त खानेपानी आपूर्ति विद्यार्थी, गृहिणीलाई बढि सास्ती छ । खानेपानी अभावले सहरीकरण, पुर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव पारेको छ ।

करिब १६ सय घरधुरी उपभोक्ता रहेको सदरमुकामलाई खानेपानी धानिरहेको सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितीले दैनिक २ लाख लिटर मात्रै पानी वितरण गरिरहेको छ ।

दैनिक ४ लाख ५० हजार लिटर खानेपानी आवश्यक भएपनि मुहानको पानी घटेकाले समितीले दुई प्याकेजमा दिनको समयान्तरालमा खानेपानी वितरण गरिरहेको जनाएको छ ।

पानी कम भएपछि खानेपानी वितरणमा समय तालिका तोकिएको छ । खानेपानी जोहोका लागि दैनिक सर्वसाधरणहरुको सार्वजनिक धारा, पानीका मुहानमा घुँईचो लाग्ने गर्छ ।

खाना पकाउने पानी समेत पर्याप्त नहुँदा अन्य प्रयोजनका लागि पानी अपुग हुने स्थानीय तारा चौहानले सुनाईन् । विहान सबेरै स्थानीय जनसेवा धाराबाट लामो पालो कुरेर खानेपानी ल्याउनुपरेको उनले समस्या सुनाईन् ।

सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिले वितरण गर्ने पानी कम भएपछि बजारबासीलाई एकपटकको खानेपानीले दुईदिन जोहो गर्नुपर्ने बाध्यता छ ।

खानेपानीका लागि घण्टौ आलोपालो गर्नुपर्ने सास्ती छ । ‘अहिले एकचोटी आएको पानीले दुईदिन थेग्नै गाह्रो हुन्छ, खानेपानी जोहो गर्न घरबाहिर धाउनुपर्छ’ अर्का स्थानीय बिना मगरले सुनाईन्, ‘खानेपानी आउने आश वर्षौदेखिको हो, जब हिउँद लाग्छ समस्या सुरु हुन्छ, दुईदिन जोहो गरेको खानेपानी सिद्दिने पिरलो पर्छ, खै कहिले आउने हो पानी’करिब १६ सय घरधुरी उपभोक्ता रहेको सदरमुकामलाई खानेपानी धानिरहेको सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितीले दैनिक २ लाख लिटर मात्रै पानी वितरण गरिरहेको छ ।

दैनिक ४ लाख ५० हजार लिटर खानेपानी आवश्यक भएपनि मुहानको पानी घटेकाले समितीले दुई प्याकेजमा दिनको समयान्तरालमा खानेपानी वितरण गरिरहेको जनाएको छ ।समितिका अध्यक्ष प्रविण सुवालले ‘मुहानबाटै खानेपानी कम आएकाले पर्याप्त पानी वितरण गर्न नसकेको वताए ।

उनले नयाँ आयोजनाको काम पनि अन्तिम चरणमा रहेको र चैत दोश्रो हप्तासम्म समस्या समाधान होला भन्ने आशा रहेको वताएकाछन ।

सदरमुकाम र आसपासका क्षेत्रको खानेपानी संकट समाधान गर्न नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषबाट २५ प्रतिशत र स्थानीय उपभोक्ताबाट ५ प्रतिशत गरि कुल कुल ४९ करोड ७८ लाख ९८ हजार लागतमा निर्माणाधिन तिनभंगाले खानेपानी आयोजनाको काम अन्तिम चरण पुगेको छ ।

उक्त आयोजनाबाट भोजपुर सदरमुकाम, सिद्देश्वर, गुप्तेश्वर, बोखिम र टक्सारका करिब २ हजार दुईसय ८० घरधुरी लाभान्वित हुनेछन् ।

निमार्ण स्थलबाट करिब ४० किलोमिटर प्रशारण लाईन र ७६ किलोमिटर वितरण लाईन गरी एकसय १६ किलोमिटर लामो आयोजनाको काम तोकिएकै समयमा सम्पन्न हुने फिल्ड इन्जिनियर लक्ष्मीप्रसाद चौधरीले बताए ।

स्रोत सिलिचुङ अनलाईनबाट

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic