सभामुखद्धारा होलीको शुभकामना व्यक्त

  • चैत १५, २०७७
  • ३,१५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ चैत ः प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले होली पूर्णिको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सभाभुख भण्डारीले आइतवार शुभकामना सन्देश जारी गर्दै सवैमा शुभकामना सन्देश दिनु भएको हो ।

सभाभुख भण्डारीले वसन्त ऋतुलाई स्वागत गर्दै रङसँगै खेलेर आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने रङहरुको पर्व होली फागु पुर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु सन्देशमा उल्लेख गर्नुभएको छ ।

sabhamukha subhakamana

उहाले रिस, द्धेष, आपसी वैमनस्यता छाडेर घरपरिवार–इष्टमित्र एकआपसमा रङमा रङ्गिएर असत्य माथी सत्यको विजयोत्सव माया प्रेमको प्रतिकको रुपमा उत्साह र उमङ्गका साथ मनाइने यो पर्वले हामी नेपाली बिचको एकता, भातृत्व, सहकार्य तथा सष्णिुतालाई अझ गाढा बनाउने छ भन्ने विश्वास लिएको छु सन्देशमा भनिएको छ ।

विशेषतः शुद्धता, पवित्रता, साहस, प्रेम, शक्ति र सौभाग्यको प्रतिक रातो प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक हरियो भक्ति र धर्म परायणताको प्रतिक पहेलो शान्ति र सन्तुलनको प्रतिक निलो शुद्धताको प्रतीक सेतो रङ्गहरुको प्रयोग गरेर एकआपसमा माया प्रेम साटासाट गर्दै मनाइने सबै नेपालीहरुको साझा साँस्कृतिक पर्वको रुपमा रहेको वताउनु भएको छ ।

उहाले यो पर्वले हाम्रो मुलुकमा दिगो शान्ति कायम गर्दै विकसित एवंम् समृद्ध राष्ट्र निर्माणको साझा लक्ष्य प्राप्त गर्न सहकार्यका साथ अगाडी बढ्न प्रेरणा मिलोस भन्ने कामना व्यक्त गर्नुभएको छ ।

पर्वका नाममा हुने गरेका विकृतीहरुलाई निरुत्साहित गर्दै सभ्य र उत्साहको साथ यो पर्व मनाउदै यस्को सामाजिक तथा साँस्कृतिक मूल्य मान्यतालाई कायम राख्न हामी सबैको जिम्मेवारी हो ।

यस्को साँस्कृतिक तथा सामाजिक भावनालाई जोगाउदै कोरोना महामारीको संक्रमणको अवस्था पुनः भयावह रुपले आउन सक्ने संभावना देखिदै गरेको अहिलेको अवस्थामा स्वास्थ्य सम्बन्धि सुरक्षाका आवश्यक मापदण्डहरुको पूर्ण पालना गर्दै यो पर्वलाई घरमा नै बसेर सुरक्षित ढंले मनाउनु हुन पनि सबैमा आग्रह गर्दछु ।

रङ्गहरुको पर्व होली फागु पुर्णिमाले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुको जीवनमा उत्साह, उमंग एवंम् सकरात्मक सोचका रङ्गहरु छर्न सकोश भनि शुभकामना व्यक्त गनुभएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic