राजनीतिक स्थिरता भए छिटो विकास – मुख्यमन्त्री राई

  • चैत १८, २०७७
  • ६,७७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ चैत ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिक स्थिरता कायम भए विकासले फड्को मार्न समय नलाग्ने वताएकाछन् ।

आदिवासी जनजाति आयोग ललितपुरले बुधवार धरानमा आयोजना गरेको काम कर्तव्य र अधिकारका वारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्दै राईले सो कुरा वताएका हुन् ।

जनताले मुलुकमा वहुमत सहितको सरकार दिएको र वलियो सरकार वनाएको दावी गर्दै वर्तमान राजनीतिक खिचातानिले गर्र्दा जनतामा अन्यौलता र निराशा छाएको वताए ।

संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार पुरै पाच वर्ष सञ्चालन भए विकासले छिटो गति लिने दावी समेत गरेका थिए । जसले सरकारको नेतृत्व गरेपनि पुरै समय सञ्चालन गरेको खण्डमा विकासले छिटो गति लिने र समय नलाग्ने उल्ले गरेका थिए ।

उनले संविधानको मर्म,भावना अनुसार काम गर्नु पर्नेमा जोडदिदै आदीवासीहरुले सधै आरक्षण र संरक्षण माग्नु भन्दा पनि सीमित समयलाई आरक्षण र संरक्षण भएपनि सधै रही रहन नहुने बताए ।

मुख्यमन्त्री राईले अवको आदीवासी जनजातिले योग्यता र क्षमताको विकास गरेर प्रतिप्पर्धामा उत्रिनु सक्ने हुनुपर्नेमा जोडदिएका थिए ।

त्यसैगरी प्रदेश नं १ का सभामुख माननीय प्रदिपकुमार भण्डारीले संविधान भनेको गतिशील र परिवर्तनशील एजेण्डा भएकोले आवस्यक परे थप घट भइरहने वताएकाछन् ।

वर्तमान संविधानमा उल्लेख गरीएको कानुनलाई व्यवहारीक ढंगले कार्यान्वयन भएको खण्डमा ५० प्रतिशत जनजातिका अधिकार सुनिश्चित हुने उल्लेख गरेका थिए ।

आफूले प्रदेशबाट माथिल्लो कानुनसँग नवाझिने गरी कानुन निर्माण लगायतका विषयमा जनजातिको लागि सक्दो गर्ने वताएका थिए ।

कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुरथापामगरले आयोग भर्खरै गठन भएको र आदिवासि जनजातिका के कस्ता विषय र अधिकारलाई आयोगले समेटन सकिन्छ भन्ने विषयलाई समेटनका लागि अन्तरक्रिया र सुझाव संकलन गर्न लागेको परिणामस्वरुप कार्यक्रमको आयोजना गरीएको वताए ।

कार्यक्रममा प्रदेश नं १ जनजाति समुदायका संसदहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रदेश नं १ का जनजाति नेताहरुको सहभागिता रहेको थियो ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic