तामाङ घेदुङद्धारा जनगणना सम्बन्धि अन्तरक्रियातामाङ घेदुङद्धारा जनगणना सम्बन्धि अन्तरक्रिया

  • वैशाख ३, २०७८
  • ७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ वैशाख ः नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

मेरो गणना मेरो सहभागिता भन्ने मूला नाराका साथ आगमी जेठ २५ देखि असार ८ सम्म हुन गईरहेको नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ र देशको पछिल्लो राजनीतिक अवस्था सम्बन्धि नेपाल तामाङ घेदुङले अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा वक्ताहरुले वास्ताविक तथ्यांक निर्माणमा प्रत्येक नागरिकको पनि महत्वपूर्ण भूमिका भएकाले जिम्मेवार भूमिका निर्वाह गर्न समुदायका हरेकले आफु र आफ्नो परिवारका सदस्यहरुलाई सचेत गराउनुपर्ने र घेदुङले सचेतना तथा प्रशिक्षण कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले हरेक दशदश वर्षमा गरिने राष्ट्रिय जनगणनाको तथ्यांकको आधारमा राज्यको सेवा, सुविधा, श्रोत र साधान वितरण हुने भएकाले जातिमा तामाङ, भाषामा तामाङ र धर्ममा बौद्ध लेखाउने जस्ता महत्वपूण विषयहरुमा विशेष ध्यान दिनुपर्ने र यसका लागि जनगणना अवधिभर गणकसंगसंगै परिचालित हुनुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी वक्ताहरुले पछिल्लो समय देशको राजनीति अत्यन्त तरल भएको र नयां सरकार निर्माण तथा विद्यमान सरकार टिकाउन दलहरु आपसी एकता र सहकार्यका लागि कसरत गरिरहेको र संविधान संशोधनको विषय समेत उठ्न थालेकाले घेदुङले उठान गर्दै आएको संविाधान संशोधन सम्बन्धि मूद्दालाई दल र संसदसम्म पुर्याउन पहल गर्नुपर्ने वताएका छन् ।

उनीहरुले विद्यमान ओली नेतृत्वको सरकारले संविधानको मर्म र भावना विपरित काम गरेकाले राजनीतिक तरलता र अस्थिरता बढेको तथा सुशासन र विकास हुन नसकेको समेत बताएका छन् ।

नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले, केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, १ नं. प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ, निवर्तमान प्रदेश अध्यक्ष मित्रसेन योञ्जन, जिल्ला सचिव मंगलसिंह मोक्तान, जिल्ला सदस्य हस्त पाख्रिन, तामाङ बुद्धिजीवी समुह धरानका सचिव इन्दु योञ्जन, पाख्रिन समाजका सुनसरी अध्यक्ष हर्क पाख्रिन, गोले वंश उत्थान समाजका सुनसरी अध्यक्ष तारा लामा, महिला घेदुङ धरानका अध्यक्ष गंगा तामाङ, घिसिङ समाज सुनसरीका अध्यक्ष जयदेव घिसिङ, नेपाल तामाङ संघ सुनसरीका अध्यक्ष ढकेन्द्र तामाङ लगायतले विचार राखेका थिए ।

 

जेनजीको प्रदर्शन स् मृतकको सङ्ख्या १५ पुग्यो

छाल खवर काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तय ...

नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कान

छाल खवर धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले ...

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic