तामाङ घेदुङद्धारा जनगणना सम्बन्धि अन्तरक्रियातामाङ घेदुङद्धारा जनगणना सम्बन्धि अन्तरक्रिया

  • वैशाख ३, २०७८
  • १२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ वैशाख ः नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

मेरो गणना मेरो सहभागिता भन्ने मूला नाराका साथ आगमी जेठ २५ देखि असार ८ सम्म हुन गईरहेको नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ र देशको पछिल्लो राजनीतिक अवस्था सम्बन्धि नेपाल तामाङ घेदुङले अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा वक्ताहरुले वास्ताविक तथ्यांक निर्माणमा प्रत्येक नागरिकको पनि महत्वपूर्ण भूमिका भएकाले जिम्मेवार भूमिका निर्वाह गर्न समुदायका हरेकले आफु र आफ्नो परिवारका सदस्यहरुलाई सचेत गराउनुपर्ने र घेदुङले सचेतना तथा प्रशिक्षण कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले हरेक दशदश वर्षमा गरिने राष्ट्रिय जनगणनाको तथ्यांकको आधारमा राज्यको सेवा, सुविधा, श्रोत र साधान वितरण हुने भएकाले जातिमा तामाङ, भाषामा तामाङ र धर्ममा बौद्ध लेखाउने जस्ता महत्वपूण विषयहरुमा विशेष ध्यान दिनुपर्ने र यसका लागि जनगणना अवधिभर गणकसंगसंगै परिचालित हुनुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी वक्ताहरुले पछिल्लो समय देशको राजनीति अत्यन्त तरल भएको र नयां सरकार निर्माण तथा विद्यमान सरकार टिकाउन दलहरु आपसी एकता र सहकार्यका लागि कसरत गरिरहेको र संविधान संशोधनको विषय समेत उठ्न थालेकाले घेदुङले उठान गर्दै आएको संविाधान संशोधन सम्बन्धि मूद्दालाई दल र संसदसम्म पुर्याउन पहल गर्नुपर्ने वताएका छन् ।

उनीहरुले विद्यमान ओली नेतृत्वको सरकारले संविधानको मर्म र भावना विपरित काम गरेकाले राजनीतिक तरलता र अस्थिरता बढेको तथा सुशासन र विकास हुन नसकेको समेत बताएका छन् ।

नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले, केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, १ नं. प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ, निवर्तमान प्रदेश अध्यक्ष मित्रसेन योञ्जन, जिल्ला सचिव मंगलसिंह मोक्तान, जिल्ला सदस्य हस्त पाख्रिन, तामाङ बुद्धिजीवी समुह धरानका सचिव इन्दु योञ्जन, पाख्रिन समाजका सुनसरी अध्यक्ष हर्क पाख्रिन, गोले वंश उत्थान समाजका सुनसरी अध्यक्ष तारा लामा, महिला घेदुङ धरानका अध्यक्ष गंगा तामाङ, घिसिङ समाज सुनसरीका अध्यक्ष जयदेव घिसिङ, नेपाल तामाङ संघ सुनसरीका अध्यक्ष ढकेन्द्र तामाङ लगायतले विचार राखेका थिए ।

 

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic