वैशाख ५ गते देखि धरानबाट हेलिकोप्टर मार्फत पाथीभरा दर्शन गर्न सकिने

  • वैशाख ३, २०७८
  • ७,५३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ वैशाख ः पर्यटन क्षेत्रमा योगदान गर्ने उदेश्यले ‘हेलीमा जाऔँ सरर पारिभरा दर्शन गर्न कति छ रहर भन्ने नाराका साथ धरान होलिडेज प्रालीले आउने वैशाख ५ गतेबाट ताप्लेजुड. स्थित पाथिभरा देवीको मन्दिरसम्म यात्राका लागि हेलीकप्टर मार्फत यात्रा गराउने भएको छ ।

प्रालिले विहिवार धरानमा पत्रकार सम्मेलन गरी कार्यक्रमको वारेमा जानकारी गराएको हो ।

आयोजकले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार धरानको स्टुडिएम देखि २ घण्टामा ताप्लेजुङको पाथीभरा सम्मको हेलिकप्टर मार्फत यात्रा गराइने छ ।

प्रालिले विगत वर्षमा झैँ होलिडेजले प्रदेश नं १ का प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभरा मन्दिर, खोटाङको हलेसी महादेवको मन्दिर, सङ्खुवासभाको गुफापोखरी जान चाहनेहरूलाई हेलिकोप्टर मार्फत लैजान सकिने जनाएको छ ।

हवाई यात्रामा पाथिभारा दर्शन गर्नको लागि प्रतिव्यक्ति शुल्क २९ हजार ९ सय ९९ रुपैयाँ लाग्ने र हवाई यात्रा गर्नको लागि ५ जनाको समूह हुनुपर्ने प्रालीले जनाएको छ ।

आयोजकले पाथीभरा मन्दिर २५ मिनेटमा पुग्ने र ४५ मिनेट यात्रुहरूलाई दर्शनको पछि पुनः धरान ल्याइने छ ।

यसरी १ दिनमा ३ पटक सम्म हवाई यात्राको सुविधा रहेको छ । यात्राका लागि ग्रामिण क्षेत्रका विरामीहरुलाई उपचारको लागि उद्धार गरीनेछ । धार्मिक पर्यटन क्षेत्रमा थप योगदान गर्न सकियोग भन्ने उदेश्यले यस्तो योजना शुरु गरीएको प्रबन्ध निर्देशक अमृत मानन्धरले जानकारी दिए ।

उनका अनुसार ७० वर्ष पुगेका ज्येष्ठ नागरिक र अशक्तहरूलाई १० प्रतिशत छुटको व्यवस्था गरीएको छ ।

धरानका इच्छुक पत्रकारहरूलाई पनि पाथीभरा दर्शनको लागि २५ प्रतिशत छुट दिइने प्रालिले घोषणा गरेको छ । 

यो सुविधाले विपन्न परिवार, अशक्त, ज्येष्ठ नागरिकहरूलाई पनि पाथीभरा दर्शनमा सहज बनाउने प्रालीको दाबी छ ।

प्रालिले धरान, इटहरी र विराटनगरका विभिन्न सहकारी संस्थामार्फत सरल किस्ताबन्दीमा समेत विना ब्याज हेलिकप्टरमा पाथीभरा दर्शन गर्ने व्यवस्था गरिएको जनाएको छ ।

सहकारी मार्फत विना ब्याजमा दिनको १ सय र मासिक २५ सय किस्तामा पाथीभरा दर्शन गर्न सकिने प्रालिका अध्यक्ष कुन्दन श्रेष्ठले जानकारी दिए ।

होलिडेजले १ करोडको लगानीमा यो हवाई यात्रा सञ्चालन गर्न लागेको हो । जसमा अध्यक्ष कुन्दन श्रेष्ठ , प्रबन्ध निर्देशक अमृत मानन्धर र फाइननसियल तर्फ अजय खनाल र जेनेरल म्यानेजर त्री रत्न रहेका छन् ।

होलिडेजले वैशाख १२ गते सम्मका लागी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सँगको समन्वयनमा यो हवाई यात्रा गरेको हो ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic