वैशाख ५ गते देखि धरानबाट हेलिकोप्टर मार्फत पाथीभरा दर्शन गर्न सकिने

  • वैशाख ३, २०७८
  • ७,४५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ वैशाख ः पर्यटन क्षेत्रमा योगदान गर्ने उदेश्यले ‘हेलीमा जाऔँ सरर पारिभरा दर्शन गर्न कति छ रहर भन्ने नाराका साथ धरान होलिडेज प्रालीले आउने वैशाख ५ गतेबाट ताप्लेजुड. स्थित पाथिभरा देवीको मन्दिरसम्म यात्राका लागि हेलीकप्टर मार्फत यात्रा गराउने भएको छ ।

प्रालिले विहिवार धरानमा पत्रकार सम्मेलन गरी कार्यक्रमको वारेमा जानकारी गराएको हो ।

आयोजकले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार धरानको स्टुडिएम देखि २ घण्टामा ताप्लेजुङको पाथीभरा सम्मको हेलिकप्टर मार्फत यात्रा गराइने छ ।

प्रालिले विगत वर्षमा झैँ होलिडेजले प्रदेश नं १ का प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभरा मन्दिर, खोटाङको हलेसी महादेवको मन्दिर, सङ्खुवासभाको गुफापोखरी जान चाहनेहरूलाई हेलिकोप्टर मार्फत लैजान सकिने जनाएको छ ।

हवाई यात्रामा पाथिभारा दर्शन गर्नको लागि प्रतिव्यक्ति शुल्क २९ हजार ९ सय ९९ रुपैयाँ लाग्ने र हवाई यात्रा गर्नको लागि ५ जनाको समूह हुनुपर्ने प्रालीले जनाएको छ ।

आयोजकले पाथीभरा मन्दिर २५ मिनेटमा पुग्ने र ४५ मिनेट यात्रुहरूलाई दर्शनको पछि पुनः धरान ल्याइने छ ।

यसरी १ दिनमा ३ पटक सम्म हवाई यात्राको सुविधा रहेको छ । यात्राका लागि ग्रामिण क्षेत्रका विरामीहरुलाई उपचारको लागि उद्धार गरीनेछ । धार्मिक पर्यटन क्षेत्रमा थप योगदान गर्न सकियोग भन्ने उदेश्यले यस्तो योजना शुरु गरीएको प्रबन्ध निर्देशक अमृत मानन्धरले जानकारी दिए ।

उनका अनुसार ७० वर्ष पुगेका ज्येष्ठ नागरिक र अशक्तहरूलाई १० प्रतिशत छुटको व्यवस्था गरीएको छ ।

धरानका इच्छुक पत्रकारहरूलाई पनि पाथीभरा दर्शनको लागि २५ प्रतिशत छुट दिइने प्रालिले घोषणा गरेको छ । 

यो सुविधाले विपन्न परिवार, अशक्त, ज्येष्ठ नागरिकहरूलाई पनि पाथीभरा दर्शनमा सहज बनाउने प्रालीको दाबी छ ।

प्रालिले धरान, इटहरी र विराटनगरका विभिन्न सहकारी संस्थामार्फत सरल किस्ताबन्दीमा समेत विना ब्याज हेलिकप्टरमा पाथीभरा दर्शन गर्ने व्यवस्था गरिएको जनाएको छ ।

सहकारी मार्फत विना ब्याजमा दिनको १ सय र मासिक २५ सय किस्तामा पाथीभरा दर्शन गर्न सकिने प्रालिका अध्यक्ष कुन्दन श्रेष्ठले जानकारी दिए ।

होलिडेजले १ करोडको लगानीमा यो हवाई यात्रा सञ्चालन गर्न लागेको हो । जसमा अध्यक्ष कुन्दन श्रेष्ठ , प्रबन्ध निर्देशक अमृत मानन्धर र फाइननसियल तर्फ अजय खनाल र जेनेरल म्यानेजर त्री रत्न रहेका छन् ।

होलिडेजले वैशाख १२ गते सम्मका लागी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सँगको समन्वयनमा यो हवाई यात्रा गरेको हो ।

बाथरुममा लडेर प्रचण्ड घाइते

छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प ...

निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

छाल खवर धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरे ...

सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड

छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३ ...

बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष

छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल ...

हिविस्कस वोडिङ स्कुलको पुस्तक रहित कार्यक्रम अन्र्

छाल खवर धरान,२० वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ले हरेक हप् ...

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic