धरानमा भूमिहिन सुकुम्बासी संकलन गर्न फारम वितरण शुरु

  • वैशाख १२, २०७८
  • ३,२५१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१२ वैशाखः धरानमा भूमिहिन दलित, भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गर्न फारम वितरण कार्य सुरु भएको छ ।

आज (आईतबार) बिहान धरान उपमहानगरका नगर प्रमुख तिलक राईले धरानको १५ नं. वडा कार्यालयबाट फारम वितरण कार्य सुरु गर्नु भएको थियो ।

11 1

सहजिकरण समितिका संयोजक समेत रहेका नगर प्रमुख राईसहितको टोलीले धरानको १३, १६, ११, १७, ४, ५ र ८ नं. वडा कार्यालयमा पुगेर फारम वितरण गरेको हो ।

वडाहरुमा धरानको सबैभन्दा बढी भूमिहिन दलित, भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको बसोबास रहेका छन् ।

बाँकी रहेका वडाहरुमा सम्बन्धित वडाका वडाध्यक्षहरुलाई आज धरान उपमहानगरपालिकामा बसेको कार्यपालिकाको बैठकमा नगर प्रमुख राईले फारम वितरण गर्नु भएको छ ।

22 1

लगत संकलन ईकाईका संयोजक वेदप्रसाद सापकोटाले भूमि आयोगले उपलब्ध गराएको फारम धरान उपमहानगरपालिकाले वडाहरुमा वितरण गरेको जानकारी दिए ।

उनका अनुसार वडा नं. १ मा ३० वटा, २ मा २५ वटा, ३ मा ९२ वटा, ४ मा १५० वटा, ५ मा १६९० वटा, ६ मा ५६५ वटा, ७ मा ३० वटा, ८ मा ३६५ वटा, ९ मा १० वटा, १० मा ३३ वटा, ११ मा १४५६ वटा, १२ मा २५ वटा, १३ मा ५६५ वटा, १४ मा १५० वटा, १५ मा ११०७ वटा, १६ मा ४६३ वटा, १७ मा १२११ वटा, १८ मा २५ वटा, १९ मा १०६ वटा, २० मा १८७ वटा फारम वितरण गरिएको छ ।

आयोगले धरानको लागि १४ हजार ५ सय फारम उपलब्ध गराएको थियो । फारम पाए पनि वडा नं. १५ र १३ ले मात्र फारम भर्न शुरुवात गरेको सापकोटाको भनाई छ । अन्य वडाहरुले आवश्यक तयारी गरेर सम्भवतः भोली सोमबारदेखि फारम भर्न थाल्ने बताइएको छ ।

33

भूमि सम्बन्धी समस्या समाधान गर्न नगर प्रमुख तिलक राईको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । उक्त समितिले कही कतै समस्या आएमा समाधान गर्न सहजीकरण गर्नेछ । यस्तै, वडास्तरमा पनि सहजीकरण समिति गठन गरिएको छ ।

नगर प्रमुख राईले वडाहरुमा फारम वितरण गर्दै रातो फारम देशभरि आफ्नो परिवारको नाममा एक टुक्रा पनि जग्गा नहुनेले भर्नुपर्ने जानकारी दिएकाछन् ।

यस्तै, सेतो फारम आफ्नो नाम वा परिवारको नाममा कही जग्गा भएपनि ऐलनी जग्गामा बसिरहेको वा घेराबार गरेर बसिरहेकाहरुले भर्ने फारम भएको उनले वताएकाछन् ।

राईका अनुसार रातो फारम भर्नेले एक पटक निःशुल्क जग्गा पाउनुहुन्छ, सेतो फारम भर्नेले सरकारले तोकेको न्युनतम शुल्कमा राजश्व तिरेर लिनुपर्ने हुन्छ, कति जग्गा पाउने भन्ने यसको विधि उल्लेख गरीएको छ ।

नगर प्रमुख राईले वास्तविक सुकुम्बासी, वास्तविक भुमिहिन र वास्तविक अव्यवस्थितलाई माात्र फारम भराउन आग्रह गर्नु भएको छ ।

फारममा वडाअध्यक्ष र सम्बन्धित टोलका वडा सदस्यले, वडा सचिवले हस्ताक्षर गर्नुपर्ने भएकोले आफ्नो टोल र वडामा फारम भर्नेहरुलाई राम्रोसँग हेर्न समेत नगर प्रमुख राईले आग्रह गरेकाछन् ।

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic