आमाको मुख हेर्ने पर्व आज

  • वैशाख २८, २०७८
  • १,६८९ पटक पढिएको
  • छाल खबर
alt

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ।

वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए।

यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ। दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ।

वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए।

यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ। यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको नगर प्रमुख घनश्याम गिरीले बताए।

गत वर्ष पनि यस पर्वका अवसरमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले मातातीर्थ मेला स्थगित गरिएको थियो।

(रासस)

 

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic