पूर्वमा पहिलो हिटि चतराधाममा बन्यो, पर्यटकको आकर्षण बढ्ने विश्वास

  • वैशाख ३१, २०७८
  • ३,६६२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,३१ वैशाख ःप्राचिन हरिद्धार चतराधाम स्थीत प्रथम जगतगुरु पीठमा प्राचिन शैलीको हिटी (ढुङगे धारा) निर्माण सम्पन्न भएको छ ।

विश्व हिन्दु परिषदको अगुवाईमा निर्माण गरिएको सो हिटी (ढुङे धारा) को आज नेपालका प्रथम जगद्गुरु मोहनशरण देवाचार्य महाराजद्धारा उद्घाट गरियो । गत चैत्र ११ गते विश्व हिन्दू परिषद् नेपाल, धरानका अध्यक्ष देवराज अधिकारीद्धारा उक्त हिटिको शिलान्यास गरिएको थियो ।

राधासर्वेश्वर हिटि नामाकरण गरिएको उक्त ढुङ्गे धारा (हिटि) ८ लाख रुपैयाको लागतमा निर्माण गरीएको निर्माण संयोजक तथा परिषदका अध्यक्ष देवराज अधिकारीले जानकारी दिएकाछन् ।

हिटी लिच्छवी र मल्लकालिन शैलीको इँटा डाँची अप्पा प्रयोग गरी १२ फिटको उचाईमा निर्माण गएको संयोजक अधिकारीले जानकारी दिएकाछन् ।

पुराना पुस्तालाई हिटीको वारेमा जानकारी भएपनि नयाँ पुस्तालाई भने हिटीको वारेमा जानकारी छैन ।

नया पुस्तालाई हिटीको वारेमा जानकारी दिन र पीठमा सेवा दिने उदेश्यले हिटी (ढुङगे धारा) निर्माण भएको निर्माणकर्ताको भनाई रहेको छ ।

हिटीबाट चौविसै घण्टा पानी आउने र पिउन मिल्ने पानीको व्यवस्था मिलाइएको अधिकारीले जनाएकाछन् ।

हिटी निर्माण पश्चात नियमित पिउने पानीको सुविधा हुनुका साथै पूर्वका पहिलो पटक निर्माण गरीएकोले धार्मिक पर्यटकहरु समेत यसलाई हेर्न आउनेको संख्यमा वृद्धि हुने र आन्तरीक पर्यटनमा समेत वृद्धि हुने विश्वास रहेको छन् ।

पीठका महासचिव प्रल्हाद भट्टराईले विश्व हिन्दु परिषदले पुण्यको कार्य गरेको भन्दै उक्त कार्यको प्रसंशा व्यक्त गरेका थिए ।

मुख्य भागमा लिच्छवि र मल्लकालीन शैलीको इँटा, डांचीँ, अप्पा प्रयोग गरेर बनेको हिटीको सम्पूर्ण निर्माण कार्यको संयोजन तथा व्यवस्थापन विश्व हिन्दु परिषद्का अध्यक्ष देवराज अधिकारीले गरेका थिए । हिटीको दुवै तर्फ फूलवारीको निर्माण गरिएको छ ।

प्रदेश नं १ को प्रमुख धार्मिक स्थलको रूपमा रहेको चतरा धाममा काठमाडौँ उपत्यकामा प्रचलित हिटी निर्माण सँगै चतराधामको महत्त्व र सौन्दर्य थप बढेको जगद्गुरु पीठ तथा राधाकृष्ण भक्ति साधना अध्यामिक प्रतिष्ठानका व्यवस्थापक सुनिल भट्टराईले बताए ।

कलात्मक बुट्टे इँटाको प्रयोगबाट निर्माण भएको हिटीमा दाताहरूले आफ्नो पितृको सम्झनामा प्रदान गरिएको सहयोगबाट निर्माण सम्पन्न गरिएको विश्व हिन्दु परिषद्का अध्यक्ष देवराज अधिकारीले बताए।

अधिकारीका अनुसार वैशाख ३१ गते शिबपार्वतीको विवाह उत्सवको अवसरमा रुदाभिषेक यज्ञ आयोजना गरेर जगद्गुरु मोहनशरण देवाचार्य महाराजको समुपस्थीतिमा वरिष्ठ चिकित्सक, साहित्यकार, गितकार भोला रिजालद्धारा हिटीको उद्घाटन गरीने कार्यक्रम रहेको भए पनि कोरोना महामारीको सक्रमणको विषम परिस्थीतिलाई ध्यान दिदै स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्दै सामान्यरुपमा हिटीको उद्घाटन गरिएको थियो ।

186166766_390902728702610_4988836046633853238_n

185228844_167141438661760_4777054946433697862_n

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic