धरान राउण्ड टेवलद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • जेठ ४, २०७८
  • १,२२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ जेठ ःधरानमा शिक्षा क्षेत्रमा सकृय धरान राउण्ड टेवल  २६ ले कोरोना माहामारीकावीच अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोनाको जोखिममा पनि सडकमा डिउटीमा रहेका टफिक प्रहरी र संचारकर्मीहरुलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण गरीएको हो ।

जिल्ला टाफिक प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ सुनसरीलाई माक्स र सेनिटाइजर हस्तान्तरण गरीएको धरान राउण्ड टेवलका अध्यक्ष आशिष अग्रवालले बताए ।

महामारीका बीच पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले ज्यानको जोखिम राखेर कार्य गर्नुपर्ने भएकोले केही मात्रामा भएपनि सहयोग पुर्याउने उदेश्यले सामाग्री वितरण गरीएको जानकारी दिए ।

धरान राउण्ड टेवलले आयस्रोत नभएका र समस्यामा परेका सरकारी विद्यालयहरुलाई विगत वर्ष देखि भौतिक तथा शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्दै आएको छ ।

आगामी दिनहरुमा पनि सामाजिक कार्यहरुलाई निरन्तरा दिदै जाने अध्यक्ष अग्रवालले जानकारी दिए ।

आफ्नो संस्थाको उदेश्य शैक्षिक क्षेत्र मात्र भएपनि महामारीको समयमा अन्य क्षेत्रमा पनि केही सहयोग पुर्याउने उदेश्यले सामाग्री हस्तान्तरण गरीएको अग्रवालको भनाई रहेको छ ।

सामाग्री हस्तान्तरण पछि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले महासंघलाई सहयोग गरेकोमा राउण्ड टेवललाई धन्यवाद दिदै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुलाई आवस्यकताको आधारमा वितरण गरीने वताए ।

सहयोगी संंघ संस्थाहरुसंग सहकार्य गर्र्दै अघि वढने वताए । अन्य संघ संस्थाहरुसंग पनि सहयोग र सहकार्यको अभियानलाई निरन्तरता दिने वताए ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic