समाजसेवी किशोर राईद्धारा कोरोना संक्रमितका लागि निःशुल्क एम्वुलेन्स सेवा 

  • जेठ १५, २०७८
  • २,३४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१५ जेठ ः नेपाली कांग्रेसका सुनसरी जिल्ला सदस्य तथा धरान नगर पूर्व सभापति किशोर राईले कोरोना संक्रमितका लागि निःशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराएकाछन् ।

राजनीति तथा खेलकुद क्षेत्रको अलवा सामाजिक क्षेत्रमा सकेत क्रियाशिल राईले कोरोना महामारीको समयमा एम्वुलेन्स सेवाको अभावम समयमा अस्पताल जान ढिला भई मृत्यु हुने गरेकोले विरामीको सेवाको लागि उनले एम्वुलेन्स सेवाको व्यवस्था गरेका हुन् ।

समाजसेवी राईले कोरोना महामारीको जोखिम व्यहोरेर विरामी ओसार पसार गर्नुपरेपनि चालकहरुलाई सुरक्षाका लागि पिपिई र उनीहरुको जीवन जोखिमका लागि भविष्यका लागि कुनैपनि व्यवस्था नभएकोले धरान क्षेत्रमा कार्यरत ४६ जना एम्वुलेन्स चालकहरुलाई जीवन विमा गराई दिने समेत राईले वताएकाछन् ।

चालकहरुलाई राज्यले पनि विमा नगरीदिएको उनीहरुको जीवन जोखिम हुनुका साथै परिवारमा समेत कुनै आधार नहुने भएकोले विमा गरीदिन लागिएको जनाएकाछन् ।

उनले कोरोना महामारीबाट विश्व नै आक्रान्त वनि रहेको अवस्थामा केही मात्रामा भएपनि समाजमा यो वेला सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रम गरीएको राईको भनाई रहेको छ ।

कोरोना महामारीको समयमा स्वास्थ्य प्रोटोकलको रुपमा रहेको माक्स सेनिटाइजर अति अपरीहार्य रहेकोले सुकुम्वासी क्षेत्रमा ५ हजार पिस माक्स वितरण गर्न लागिएको जानकारी गराएकाछन् ।

एम्फाका पूर्व केन्द्रीय समेत राईले सामाजिक क्षेत्र बाहेक खेलकुद क्षेत्रमा समेत कार्य गर्दै आएकाछन् ।उनले आफ्ना वुवा आमाको स्मृतिमा गत वर्ष पृथ्वी लक्ष्मी स्मृति व्याडमिन्टन ओपन प्रतियोगिता समेत गराएका थिए ।

धरान फुटवल क्लवका अध्यक्ष समेत रहेका राईको नेतृत्वमा धरानमा अन्तर्राष्ट्यि फुटवल प्रतियोगिता गराउदै धरानलाई खेलकुदको राजधानीको पहिचान गराउदै आएको छ ।

 

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic