सुनसरीमा लकडाउन जेठ ३१ गते सम्म तरकारी पसल समेत वन्द रहने

  • जेठ २१, २०७८
  • १,०३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ जेठः जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते सम्म फेरि लकडाउन थप गरेको छ ।

कोरोना संक्रमणदर नघटेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो ।

1

 

sun1-= 2

sun = 3 आज बसेको डिसिसिएमसीको बसेको बैठकले थप एक साताको लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणहरूलाई पनि औषधी खरिद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको कार्यालयले उल्लेख गरेको छ ।

कृर्षि तथा निर्माण मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिने निर्णय भएको छ भने उद्योग तथा कलकारखानामा कार्यरत मजदुरहरूलाई बिहान ५ बजे देखि ७ बजेसम्म र बेलुकी पनि ५ देखि ७ बजेसम्म हिँड्न दिइने प्रशासनले जनाएको छ ।

तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसल, हाट, गुद्री समेत पूर्ण रूपले बन्द गर्ने । औषधी पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्ने निर्णय भएको छ ।

सञ्चारकर्मी र पत्रकारको हकमा सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सूचना विभाग वा सम्बन्धित सञ्चार गृहले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिनेछ ।

विवाह तथा व्रतबन्ध आयोजनाका लागि ७ जना (दुलाहा दुलही सहित) भन्दा बढी नहुने गरी सहभागी हुन पाउने र उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्न पाउने छैन ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic