मारवाडी मिड यूथको रक्तदानमा२ सय ३ पिन्ट रगत संकलन

  • असार ५, २०७८
  • २,३६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ असार ः मारवाडी मिड यूथ धरानले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय ३ पिन्ट रगत संकलन भएको छ ।

कोरोना महामारीको बिचमा आयोजना गरीएको कार्यक्रममा पनि लक्ष्यभन्दा पनि बढी रगत संकलन भएको मारवाडी मिड यूथ धरानका संयोजक अनिल कुमार अग्रवालले जानकारी दिएकाछन् ।

उनका अनुसार १ सय ५० पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएकोमा २ सय ३ पिन्ट रगत संकलन भएको छ ।

कोरोना महामारीले गर्दा प्रदेश १ का विभिन्न अस्पतालहरूमा बिरामीले रगत नपाएर अकालमा ज्यान गुमाउन थालेपछि समाजले रक्तदान कार्यक्रमको आयोजना गरीएकोे आयोजकले जनाएकोछ ।

कार्यक्रम संयोेजक अग्रवालका अनुसार प्रदेश १ का ब्लड बैङ्कहरूमा रगतको चरम अभाव भइरहेको र यसले बिरामीहरूको उपचारमा गम्भीर समस्या परेको थाहा पाए पछि मारवाडी युथले बिरामीहरूको उपचारमा सहज होस् भनेर रक्तदान गरेको थियो ।

रेडक्रस सुनसरीका सभापति उमेश थापाले प्रदेश १ मा रगतको चरम अभाव भइरहेको बेला रक्तदान गरी सहयोग गरेको भन्दै रक्तदान गर्नेहरूलाई धन्यवाद दिए ।

प्रदेश १ का धरान, विराटनगर र झापामा रहेका ब्लड बैङ्कहरूमा विभिन्न समूहको रगत अभाव हुँदा बिरामीको उपचारमा गम्भीर समस्या भइरहेको चिकित्सकहरूले बताएका छन् ।

मारवाडी युथले पहिलो लकडाउन सुरु भए देखि नै विभिन्न सामाजिक कार्य गदै आएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic