स्थापना दिवसमा मेयर पार्कमा वृक्षारोपण

  • असार ६, २०७८
  • ५,१३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असार स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट प्रदेश नं १ ले आयोजना र नेपाल स्काउट धरानको समन्वयमा वृक्षारोपण सम्पन्न भएको छ ।

शनिवार धरान–१६ स्थित मेयर पार्कमा बाह्रै महिना हरियाली रहने रुख तथा फूलहरू रोपिएको हो ।

नेपाल स्काउट प्रदेश १ का तदर्थ समितिका सदस्य हेमन्त भण्डारीले जानकारी दिए।

फूलहरूले पार्कहरूलाई सुन्दर र सुगन्धमय बनाउने कार्य गर्दछ, त्यसैले धरानका अन्य ठाउँहरूमा पनि बोटबिरुवा रोप्ने योजना स्काउटको रहेको स्काउट भण्डारीले बताएकाछन् ।

स्काउट धरानका संयोजक अनुप तामाङ, उपमहानगरपालिका उपप्रमुख एवम् प्रमुख स्काउट मञ्जु भण्डारी, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओली, १६ नं वडाका वडाध्यक्ष दिलकुमार गिरी, प्रदेश सदस्य भण्डारी, नारद राई, शिक्षासेवी हरिहर कोइराला, नगर सदस्यहरू सुशील राई, पुष्पा राई, अमित अग्रहरी, ओमकृष्ण उदास लगायतको उपस्थितिमा ५० किसिमका बोटबिरुवा रोपिएको थियो ।

प्राकृतिक प्रकोप न्यूनीकरण तथा हरीयाली वनाई शुद्ध अक्सिजन प्राप्त गर्ने भएकोले वृक्षारोपण गरीएको भण्डारीले भनाई रहेको छ ।

रुखबाट भूक्षय कम गर्नुका साथै रुखहरू भएको स्थानमा चिस्यान कायम हुन गई खडेरी कम गर्न समेत सहयोग गर्छ भन्ने उद्देश्यले नेपाल स्काउटले प्रदेश नं १ भरिका पालिकाहरूमा स्काउटले यस्ता कार्यक्रयहरु सञ्चालन गरेको छ ।

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic