ओखलढुंगाका एकल महिलाद्धारा सामाजिक क्रान्ति

  • असार १२, २०७८
  • १,९८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असार ः ओखलढुंगा जिल्लामा एकल महिलाहरुले पुरानो परम्परालाई परिवर्तन गरीदिएकाछन् ।

जिल्लाको सिद्धिचरण नगरपालिका–९ का एकल महिलाहरुले परम्परालाई चुनौती दिँदै रातो पहिरन लगाएर परिवर्र्तन गरीदिएका हुन् ।

एकल महिलाले रातो कपडा लगाउनु हुँदैन भन्ने मान्यता तोड्दै यहाँका महिलाहरू रातो पहिरनमा सजिएर भेला भएका हुन्।

एकल महिलाहरुलाई रातो पहिरनसहित सम्मान गर्ने नमुना महिला समूहले आयोजना गरेको कार्यक्रममा ३५ भन्दा बढी एकल महिलाहरुलाई रातो पहिरनले सम्मान गरिएको छ। महिला समूहले रातो पहिरन अनि रातै दोसल्ला पहिराएर यहाँका एकल महलाहरूलाई सम्मान गरेको हो।

एकल महिलाहरुलाई १ हजार ५ सय रूपैयाँ र रातो दोसल्लासहित वडाध्यक्ष दानबहादुर बानियाँले सम्मान गरेका थिए। कार्यक्रम नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत गरिएको वडा सदस्य गुणराज खड्का ९विवेक० ले जानकारी दिए ।

श्रीमान नभएका महिलाहरुले रातो पहिरन लाउनु हुँदैन भन्ने परम्परालाई चुनौती दिँदै आफूहरुले यो कार्यक्रमको आयोजना गरिएको समूहकी अध्यक्ष भीमकुमारी खड्काले बताइन्।

समाज रहेको पुरातन सोचलाई परिवर्तन गर्दै आधुनिक समाजको निर्माणमा पछिल्लो समय महिलाहरु सकृय हुन थालेकाछन् ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic