सभामुख भण्डारीद्धारा बकरइदको शुभकामना

  • साउन ६, २०७८
  • २,४४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ साउन ः प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले इस्लाम धर्मावलमबीहरुको महान पर्व इद–उल–अजहा (बकरइद) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख भण्डारीले बुधवार शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दीर्धायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोतर प्रगतिको शुभकामना व्यत्त गनुभएको हो ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, तथा बहुसाँस्कृतिक विशेषताले सम्पन्न हामी नेपालीहरुका संस्कार, सँस्कृति एवंम् पर्वहरुले हाम्रा यिनै विविधताहरुलाई एक सुत्रमा बाँधेर सामाजिक सहिष्णुता, सद्भाव, राष्ट्रिय एकता तथा नेपालीको साझा पहिचान कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको शुभकामना बक्तव्यमा उल्लेख गरीएको छ ।

हामी नेपालीहरु बिच आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता, शान्ति, सहकार्य र मेलमिलापको वातावरण अभिवृद्धि गर्दै मुलुकको विकास र समृद्धिको साझा लक्ष्य प्राप्तिका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस भन्ने शुभकामनामा व्यक्त गरीएको छ ।

कोरोना महामारीको संक्रमणबाट विश्व आक्रान्त बनिरहेको अवस्था छ । हाम्रो सानो असावधानीले अवस्था झन विकराल बन्न सक्ने तर्फ सचेत रहदै स्वास्थ्य सुरक्षाका संभव उपायहरु अवलम्बन गर्दै पर्वहरु मनाउन आग्रह समेत गर्नुभएको छ ।

आपसमा रिस, द्धेष, वैमनस्यता त्यागेर आपसी सदभाव, भातृत्व तथा सहकार्यको सन्देश दिने उहाले उल्लेख गर्नुभएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic