पहिचान साहित्य अभियानलाई बेलायती गोर्खा सैनिकहरुको १ लाख ६ हजार

  • साउन ३०, २०७८
  • २,७३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० साउन ः पहिचान साहित्यप्रति प्रतिवद्ध बेलायती गोर्खा सैनिकहरुले बागियान साहित्य कोषमा एक लाख छ हजार रुपैया जम्मा गरेकाछन् ।

नेपालको विभिन्न स्थानमा जन्मिई हाल बेलायती गोर्खाली सेनामा कार्यरत कर्ण राई, गोबिन्द तामाङ, लाल आङथुपो, भाइकुमार राई, यादव राई, घनेन्द्र जिमी, जगत नवोदित, प्रेमिज राई, सन्त लिम्बु, विजय बान्तावा राईले एकमुष्ट रुपमा सो रकम जम्मा गरेका हुन् ।

पहिचान साहित्य लेखन अभियानका रुपमा विगत ६ वर्षदेखि धरानबाट निरन्तर प्रकाशन हुँदै आएको बागियान साहित्यिक पत्रिकाले अभियानको प्रभावकारिता र निरन्तरताका लागि बागियान साहित्य कोष स्थापना गरेको छ ।

Untitled-1 copy साउन २८ गते विहीबार धरानस्थित धरान रनको कार्यालयमा आयोजित एक अनौपचारिक कार्यक्रममा उक्त रकम दाताहरुका प्रतिनिधि चन्द्र राई जिमीले पत्रिकाका सम्पादक श्रीशीशा राईलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बागियानका तर्फबाट पहिचान साहित्य लेखन अभियन्ता कवि राज माङलाक, नेपाल पत्रकार महासँघ सुनसरी सहसचिव भोला श्रेष्ठको उपस्थिती थियो । धरान रनका अध्यक्ष रोमु राईले सो कार्यक्रम संयोजन गर्नुभएको थियो ।

रकम जम्मा गर्ने बेलायती गोर्खाली सैनिकहरु सम्पादक राईका सहपाठी समेत हुन् । आफ्नो सहपाठीको पहलमा सञ्चालित अभियानलाई सफल बनाउन टेवा पुगोस भन्ने उद्धेश्यले रकम जम्मा गरिएको दाताहरुका तर्फबाट घनेन्द्र जिमीले प्रेसित गर्नुभएको सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ– ‘पत्रिकाले दुर दराजका सयौँ वर्षसम्म नसुनिएका अनि शक्ति र सत्ताको आडमा दबाईएका मलिन आवाजहरुलाई सशक्त रुपमा बुलन्द गर्नुको साथै विभेद रहित समाजको निर्माणमा ठुलो टेवा पुग्ने छ भन्ने विश्वास लिएका छौँ ।’

रकम हस्तान्तरण पछि सम्पादक राईले धेरै वर्ष अघि छुट्टिएका सहपाठीहरुसँगको भेटघाट साथ र सद्भाव सहित भएकोमा उत्साहित भएको बताउनुभयो ।

यस आत्मियताले अभियानलाई थप सशक्त रुपमा निरन्तरता दिन प्रेरित गरेको उहाँले बताउनुभयो ।

पहिचान साहित्य लेखन अभियानसँग सम्बन्धित विभिन्न गतिविधिलाई प्रभावकारी र निरन्तर अघि बढाउन ५० लाख रुपैयाको कोष खडा गर्ने उद्धेश्य सहित बागियान साहित्य कोष स्थापना भएको हो ।

कोषमा रकम जम्मा गर्ने क्रम निरन्तर अघि बढेको सम्पादक राईले जानकारी दिनुभयो ।

हालसम्म देशविदेशबाट थुप्रै प्रतिवद्धता आएको र सोही अनुसार रकम जम्मा गर्ने क्रम जारी रहेको र हालसम्म कोषमा एक लाख ६२ हजार रुपैया जम्मा भईसकेको उहाँले जानकारी दिनुभयो ।

 

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic